गैंडाकोटमा सवारी दुर्घटना/१७ घाईते

बिबेक भण्डारी ७, मंगलवार विहान नवलपरासीको गैंडाकोटमा सवारी दुर्घटना हुदा १७ जना घाईते भएका छन । १ जना को अवस्था चिन्ताजनक रहेको छ । इप्रका गैडाकोटले दिएको जानकारी अनुसार घाईतेहरु ६ जनाको भरतपुर स्थीत पुरानो मेडिकल कलेजमा र बाकीको नयां मेडिकाल कलेजमा उपचार भैरहेको छ । आज विहान सवा ६ बजे पश्चिमबाट पुर्व गैरहेको ना.४ ख ९४१६ नम्बरको ट्रक र पुर्वबाट पश्चिम गैरहेको ना.४ ख ५०६३ नम्बरको बस एक आपसमा ठक्करखाई दुर्घटना भएको हो । घटनामा बसका चालक बर्दियाका राजेश चौधरी गम्भिर घाईते भएका छन । भने ट्रकका चालक फरार रहेको र उनको खोजीकार्य भैरहेको ईप्रका गैंडाकोटले जानकारी दिएकोछ । दुवै सवारी साधन प्रहरीले नियन्त्रमा लिएको छ ।
तपाइँको प्रतिक्रिया