गैंडाकोटमा साताव्यापि विश्वशान्ति महायज्ञः पुजा हुने

गैडाकोट २७ कार्तिक ।
नवलपरासीको गैंडाकोटमा साताव्यापि बुद्ध बचन भुम (महाप्रज्ञा पारामिता) ग्रन्थपाठ धान–धान्याञ्चल पितृ उद्धार विश्वशान्ति महायज्ञः पुजा हुने भएको छ । समस्त प्राणीको उद्धार, राष्ट्रको कल्याण, विश्वशान्ति र आध्यात्मिक जागनार्थ गैंडाकोट ८ विजयचोकमा २०५१ सालमा स्थापना भएको साङग डोदोनलिङ बौद्ध गुम्बा पुननिमार्णको लागी महायज्ञ पुजा गर्न लागिएको हो । नेपाल अहिंसावादी बौद्धधर्म विश्वशान्ति चक्र संघ साङग डोदोनलिङ बौद्ध गुम्बाको आयोजना, नेपाल तामाङ घेदुङ गैंडाकोटको सह–आयोजनामा मंसिर ४ गतेदेखी १० गतेसम्म महायज्ञ पुजा हुने आज फेमली क्याफे गैंडाकोटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । महायज्ञमा उपस्थित भई दान गरी पुण्य लाभ कमाउनहुन आयोजक समितीका अध्यक्ष एंव महायज्ञ पुजा समितीका संयोजक चिनीमाया तामाङले आग्रह गर्नुभयो । कृषिराज्य मन्त्री राधिका तामाङले महायज्ञ पुजाको उद्घाटन भने ५ गते गर्ने महायज्ञ पुजा समितीका सह–संयोजक ज्ञानबहादुर वाईबाले जानकारी दिनुभयो । महायज्ञ सञ्चालनका लागी करिब २० लाख खर्च हुने र ५० लाख आम्दानी गर्ने लक्ष्य लिईएको प्रोग्राम म्यानेजर भिक्षु डिबी तितुङले जानकारी दिनुभयो । महायज्ञको समापन परम पुज्यनिय महासंघ नायक रिन्पोछे गुरु भिक्षु कर्म ज्ञानसागर लामाले छेवाङ अभिषेक संगै गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । बौद्ध जगतका विद्धान एंव विशिष्ट धर्मगुरुगणको मुखारविन्दबाट वाचन हुने अमृतमय प्रवचनका साथमा महायज्ञमा दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने सो अवसरमा जानकारी दिईएको छ ।
तपाइँको प्रतिक्रिया