गैंडाकोट नगरपालिकामा १२ औं नगरसभाबाट नगर प्रहरी ऐन पारित

नागरिकको न्याय, सुरक्षा तथा व्यवस्थाको प्रत्यभूत गर्ने उद्देश्यले गैंडाकोट नगरपालिकाले नगर प्रहरी ऐन पारित गरेको छ । मंगलबार १२ औँ नगरसभाले नगरपालिकाका निर्णय कार्यान्वयनमा सहयोग, सुरक्षा, संरक्षण, व्यवस्थापन, नियन्त्रण, उद्धार लगायतका कामको सहजताका लागि प्रहरी ऐन ल्याएको हो । यस ऐन अन्तर्गत रहेर नगर प्रहरी सेवा गठन गर्न सकिने भएको छ । प्रमुख प्रशासकिय अधिकृतले प्रहरी कर्मचारीको नियन्त्रण र परिचालन गर्ने व्यवस्था रहेको छ । नगरप्रहरीको संगठनमा नगरप्रहरी सहायक निरीक्षक १ जना, नगर प्रहरी हवल्दार २ जना र नगरप्रहरी जवान ६ जना रहनेछन् । १२ औँ नगरसभामा गैंडाकोट नगरपालिका वाड नं. १७ का वडा अध्यक्ष एवं सुशासन तथा संस्थागत समिति संयोजक गोपी कंडेलले गँैडाकोट नगरप्रहरी ऐन २०७९ प्रस्तुत गर्नुभएको थियो । नगरसभाले ऐन सर्वसम्मत रुपमा पारित गरेको छ । मंगलबार नगरपालिकाको सभाहलमा भएको १२ औं नगरसभामा यो ऐन सँगै नगरसभामा नगर खेलकुद विकास ऐन २०७९, सहकारी ऐन २०७९, नगर प्रज्ञा प्रतिष्ठान ऐन २०७९ तथा जलस्रोत विकास ऐन २०७९ समेत पेश भई पास भएको छ ।
तपाइँको प्रतिक्रिया