गैंडाकोट नगरपालीकाको वडा नम्बर– ५ लाई पुर्ण सरसफाई उन्मुख वडा घोषणाको तयारी तिब्र / वडाबासीको उत्साहमा वृद्धि ।

गैंडाकोट, २८ असार ।
गैंडाकोट नगरपालीका रहेको गैडाकोट वडा नम्बर ५ लाई पुर्ण सरसफाई उन्मुख वडा घोषणाको तयारी तिब्र पारिएको छ । यहि असार २९ गते शुक्रबार, पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने तयारी स्वरुप गैंडाकोट वडा नम्बर ५ मा रहेका होर्डिङ्ग बोर्ड, पर्चा, पम्पलेट तथा फोहोर हटाईएको छ ।
गैंडाकोट नगरपालिका वडा कार्यालयले आफ्नो वडा क्षेत्रमा अनाधिकृतरुपमा राजमार्ग क्षेत्रमा रहेका होर्डिङबोर्ड, पर्चा, पप्पलेट हटाएको छ । पुर्ण सरसफाई उन्मुख वडा घोषणको तयारीमा रहेको गैंडाकोट वडा नम्बर ५ ले राजमार्ग क्षेत्रमा रहेका होर्डिङबोर्ड, पर्चा, पप्पलेट हटाएको हो ।
यो पुर्ण सरसफाईका लागि मात्र नभई सुन्दर नगर बनाउन पनि सवैले ध्यान दिनुपर्ने गैंडाकोट नगरपालीकाका नगर प्रमुख छत्रराज पौडेलको भनाई छ । उहाँले यसबाट अन्य नगरपालिकाले पनि सिको गरेर अगाडी बढेमा गैंडाकोट नगर नै पुर्ण सरसफाई उन्मुख नगर बन्ने बताउनुभयो । साथै उहाँले नगरबासीलाई पुर्ण सरसफाई नगर बनाउन सहयोगी बन्न आग्रह गर्नुभएको छ ।
गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कंडेल, वडा अध्यक्ष नवराज कंडेल, वडा सदस्य, नगरपालिकाका कर्मचारी, टोल सुधार समूहका प्रतिनिधी, शसस्त्र प्रहरी, जनपथ प्रहरी सहितको टोलीले डोजरको प्रयोग गरि होर्डिङबोर्ड, तथा रुख बिरुवाहरु हटाउँदैगर्दा स्थानियले खुसी व्यक्त गरेका थिए ।
राजमार्ग सरसफाईसँगै होर्डिङबोर्ड, तथा रुख बिरुवाहरु हटाउँदैगर्दा यसले राजमार्गमा सवारी चलाउने सवारी चालकलाई पनि सवारी चलाउन सहयोगी हुने गैंडाकोट नगरपालिकाका नगर उपप्रमुख बिष्णुकुमारी कंडेलको विश्वास छ । उहाँले सुन्दर नगर बनाउने कार्यको अभियान शुरु भएको उल्लेख गर्नुभयो ।
टोल तथा वडा सरसफाईमा स्थानियले पनि तदारुकता देखाएका छन् । जनचेतना जगाउन गरिएको कार्यक्रमको सुरुवातमा नै परिवर्तन आईसकेकोले उत्साह मिलेको गैंडाकोट वडा नम्बर ५ का वडाध्यक्ष नवराज कंडेलले बताउनुभयो । वडा कार्यालय अभियानका रुपमा अघि बढेकाले सबै वडाबासीले हैसेमा होत्से गर्नुपर्ने वडाध्यक्ष कंडेलले बताउनुभयो ।
अब हरेक नागरिक सचेत हुदैं फोहर गर्न दिन नहुनेमा वडाध्यक्ष कंडेलले जोड दिनुभयो । कंडेलले अभियानका रुपमा वडा समितिको कार्यलय गैँडाकोट ५ लागेको जानकारी गराउदै सबै पक्षलाई सहयोगकोलागी आग्रह गर्नुभयो ।
तपाइँको प्रतिक्रिया