गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानद्धारा बिहिवार प्रथम कबिता एवं चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न

गैंडाकोट माघ १२ ।
गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानले बिहिवार प्रथम कबिता एवं चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।
श्री पञ्चमीका अवसरमा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गैंडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले भर्खरै मात्र स्थापना भएको प्रज्ञा प्रतिष्ठानलाई कला , संगित , संस्कृति , भाषा र साहित्यको क्षेत्रमा काम गर्न नगरले सबै किसिमका सहयोग उपलब्ध गराउन लागि पर्ने बताएका छन ।
कार्यक्रममा नगरकी उप प्रमुख शान्ती कोइराला , नगर शिक्षा बिभाग प्रमुख डा बालकृष्ण चापागाईं , भाषा साहित्य विद प्राध्यापक डा . चुडामणि बन्धु , वडा नम्बर ३ का वडा अध्यक्ष शिवकान्त तिवारी , रामहरि श्रेष्ठ , प्रकाश थापा , कपिल अज्ञात लगाएत शान्ती घर्ती क्षेत्री , प्रकाश चापागाईं , राधा पाण्डे , इन्द्रराज पौडेलले कार्यक्रमका बिषयमा आफ्नो धारणा राख्दै सामाजिक भाषा , साहित्य संस्कृति , दर्शन तथा सामाजिक शास्त्रका विषयमा योगदान दिने स्थानीय लेखक, साहित्यकार , सामाजिक शास्त्रीे , संस्कृतिविद् तथा सम्बन्धित अन्य संस्थाको विकासमा सहयोग पुर्याउने , नेपालका सबै भाषा , साहित्य , संस्कृति , दर्शन तथा सामाजिक शास्त्रको विषयमा अध्ययन तथा अनुसन्धानको लागि विद्वत्वृत्तिको व्यवस्थापन गर्नमा प्रतिष्ठान सफल हुने बिश्वास व्यक्त गर्दै कार्यक्रमका बिषयमा बोलेका थिए ।
प्रतिष्ठानले पहिलो पटक गरेको कार्यक्रममा “शान्त समुन्नत सुन्दर गैंडाकोट” शिर्षकको कविता र चित्रकला प्रतियोगिता समेत गरेको थियो । उक्त प्रतियोगितामा कविता तर्फ कुल १५ प्रतियोगी मध्य अन्जान प्रदिप पहिलो , निमा पौडेल दोश्रो , टंकराज ढकाल तेस्रो र शर्मिला सापकोटाले सान्त्वना स्थान प्राप्त गरेका थिए तेस्तै कार्यक्रममा चित्रकला तर्फ कुल ११ प्रतियोगीबाट दामोदर बराल पहिलो , वरुणबाबु घिमिरे दोश्रो , सुशील गुरुङ्ग तेस्रो , प्रमेश कंडेल र तिर्थ पाण्डेले सान्त्वना स्थान प्रप्त गरेका छन ।
किसान ग्यालरी मा भएको कार्यक्रमलाई प्रज्ञा प्रतिष्ठान सदस्य रामहरि शर्मा सराहले स्वागत तथा कार्यक्रमका बिषयमा प्रस्टाएका थिए । कार्यक्रमका सभापति तथा संयोजक गोबिन्दराज बिनोदिले समापन मन्तव्य राख्दै “नेपालका सबै भाषा तथा साहित्यलाई विश्व साहित्य समक्ष पहिचान गराउने, नेपालका विभिन्न जातजातिका लोपोन्मुख भाषा र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न प्राथमिकता दिने दायित्व प्रतिष्ठानको रहेको बताउदै निकट भविष्यमा अन्य सम्बन्धित कार्यक्रम ल्याउने बताए । कार्यक्रमको गैंडाकोट प्रज्ञा प्रतिष्ठान सदस्य भिम शर्माले सहजीकरण गरेका थिए ।
तपाइँको प्रतिक्रिया