गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्त सस्ंथाको अधिबेशन स्थगित

गैँडाकोट ११, गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्त सस्ंथाको अधिबेशन स्थगित भएको छ । आज मंगलबार गर्ने भनिएको अधिबेशन स्थगित भएको निर्वाचन उपसमिती संयोजक पदमप्रसाद घिमीरेले जानकारी दिनुभयो । समय अपुग भएको भन्दै अधिबेशन स्थगित गरीएको जनाईएको छ । स्थगित गरीएको अधिबेशन यहि जेठ १३ गते विहान ११ बजे देखी शुरु हुने निर्वाचन उपसमिती संयोजक घिमीरेले जानकारी दिनुभयो । यसअघि ७ गते हुने भनिएको अधिबेशन ११ गतेका लागी तय गरीएको थियो । गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्त सस्ंथाको नयाँ कार्य समितीको लागी सहमती जुटाउन छलफल भैरहेको छ ।
तपाइँको प्रतिक्रिया