गैंडाकोट वडा नम्वर १४ ले गर्यो सार्वजनिक सुनुवाई

गैंडाकोट वडा नम्वर १४ ले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आर्थिक वर्षमा वडामा परेको बजेट र त्यसले निमार्ण हु्ने परियोजना र वडाको कार्य प्रगति बारे वडाबासिको धारणा बुझ्न सार्वजनिक सुनुवाई गरेको वडा अध्यक्ष कोकीसरा राना मगरले बताउनु भयो । वडाले चालु आर्थिक वर्षमा नगरपालिकाबाट ५५ लाख बजेट पार्न सफल भएको र त्यसै बाट निमार्ण हुने परियोजना र गरेका कार्य प्रगतीको र अघिल्ला आर्थिक वर्षमा भएका कामको समिक्षा गर्न सार्वजनिक सुनुवाई गरेको उहाँले बताउनु भयो । सार्वजनिक सुनुवाईमा वडा बासिले धारणा राखेको उहाँले बताउनु भयो । वडाले आर्थिक वर्ष ७३÷७४ मा २३ लाख ८५ हजार र ७४÷७५ मा ४३ लाख बिकास बजेट प्राप्त गरेको थियो । त्यो बजेटबाट पुर्वाधार बिकास, सचेतनाका कार्यक्रम र सामाजिक हितका कामहरु गरेको उहाको भनाई छ । त्यस्तै चालु आर्थिक वर्षको बजेटले अत्याबश्यक र नभै नहुने काममा बिनियोजन गरेको रानाको भनाई छ ।
कार्यक्रममा सहभागीहरुले दिर्घकालिन हित हुने खालका योजना र गरिबी न्युनिकरणमा वडाले काम गर्नु पर्ने सुझाव दिएका थिए ।
बिद्यालयको शैक्षिक बिकासका लागी जनप्रतिनिधिले ध्यान दिन नसकेको गुनासो समेत सो अवसरमा गरेका थिए ।
कार्यक्रममा गैडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलको समेत उपस्थिति रहेको थियो । कार्य ब्यस्थताले उहाँ तत्कालै कार्यक्रम स्थलबाट बाहिरीनु भएको थियो ।
तपाइँको प्रतिक्रिया