गैंडाकोट १० भैसाखोरीमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु

गैंडाकोट,
पुर्वी नवलपरासीको गैंडाकोट– १० भैसाखोरीमा सवारी दुर्घटना बाट एक पैदल यात्रीको ज्यान गएको छ ।
गैंडाकोट नगरपालिका वडा नम्बर १० भैसाखोरी स्थित सशस्त्र प्रहरीको क्याम्प नजिकै नम्बर नखुलेको सवारीले ठक्कर दिदाँ एक पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
आज बिहान करिब २ बजे भएको दुर्घटनामा परि, गैंडाकोट १० बस्ने ४५ वर्षिय अमरबहादुर बिकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
शवलाई पोष्टमार्टमका लागि चितवन स्थित भरतपुर अस्पतालमा राखिएको र ठक्कर दिने गाडिको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक दिवश जिसीले जानकारी दिनुभएको छ ।
तपाइँको प्रतिक्रिया