वडा सदस्य मल्लले गरे १२० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

गैंडाकोट, असोज ६
सोमबार श्री शंखदेवी आधारभुत विद्यालय अध्यनरत १२० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । गैंडाकोट वार्ड नम्बर १६ का वार्ड सदस्य विनोद कुमार मल्लले आफनो वार्षिक तलब ८२ हजार ८ सय र १ वर्षमा प्राप्त मिट्टिङ्ग भत्ता २४ हजार गरि १ लाख ६ हजार ८ सय रुपैयाले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । गैंडाकोट वार्ड नम्बर १४ भागर टाउनमा रहेको श्री शंखदेवी आधारभुत विद्यालयमा अध्ययनरत १२०जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनु भएको गैंडाकोट वार्ड नम्बर १६ का वार्ड सदस्य विनोद कुमार मल्लले जनप्रतिनीधीले आफनो पार्टीलाई सुन्दर बनाउनु भन्दा पनि आफनो देश र राज्यलाई सुन्दर बनाउने तिर लगान सकेमा देशको विकास सम्भव रहेको बताउनु भयो । साथै जनप्रतिनीधीमा चुनिएका सम्पुर्ण प्रतिनिधीहरुले आफनो देशको विकासको लागी हातेमालो गर्न जरुरी रहेको उहाँ बताउनु हुन्छ । उहाँले हाम्रो नेपालमा देश विकास गर्नु भन्दा पनि आफनो पार्टीको विकास गर्ने तर्फ बढी जनप्रतिनीधी लाग्नु भएको बताउनु भयो ।
कार्यक्रममा गैंडाकोट वार्ड नम्बर १६ निवासी टिका राम सापकोटाले ११ हजार रुपैंया श्री शंखदेवी आधारभुत विद्यालयका प्राचार्य जगदीश पौडेललाई सहयोग गर्नु भएको थियो । श्री शंखदेवी आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जग बहादुर ग्यालङ्गको अध्यक्ष्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक नारायण प्रसाद शर्माले गर्नु भको थियो
तपाइँको प्रतिक्रिया