गैडाकोटको किसान २१ औ बर्षमा

गैडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले यस बर्ष झण्डै ३ करोड ७५ लाख शेयर पुजी पुराउनुका साथै ५९ लाख मुनाफा आर्जन गरेको छ । आज भएको २० औ साधारणसभामा संस्थाका कोषाध्यक्ष चिन्तामणि कंडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै आगामी बर्ष शेयर पुजी ५ करोड २० लाख पुराउने बताउनुभयो । संस्थाका अध्यक्ष गोपाल प्रसाद गौतमको अध्यक्षतामा भएको साधारणसभाले सचिब श्रीहरि चालिसले प्रस्तुत गर्नुभएको प्रगति प्रतिबेदन,लेखा तथा सुपरिबेक्षण समितिका सदस्य कृष्णप्रसाद ज्ञवालीले प्रस्तुत गर्नुभएको प्रतिबेदन पास गरेको छ । साधारणसभामा बोल्दै प्रमुख अतिथि नेप्स्कुनका केन्द्रिय महासचिब परितोष पौडेलले किसानलाई कार्यसम्पादन मुल्याकंनका आधारामा यस बर्ष नेपालकै सर्बोत्कृष्ट सहकारी घोषणा गरिएको जानकारी दिनुभयो । उहाँले किसानका कार्यक्रम र गतिबिधि राम्रो रहेपनि अझ प्रबिधियुक्त र आधुनिक साकोस बन्ने बिश्वास पनि ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बचत तथा ऋण सहकारी संघ नवलपरासीका अध्यक्ष रामप्रसाद सिग्देल, किसान साकोसका संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेल, गैडाकोट पम्पिङका अध्यक्ष शोभाखर रिमाल, जयश्री सामुदायिक बनका अध्यक्ष टोलनाथ घिमिरे, शेयर सदस्य राजेन्द्र गौतम, हिरा आचार्य लगायतले किसानले गुणस्तरिय सेवा बृद्धि गरेकोमा बधाईसहित शुभकामना मन्तब्य राख्नुभएको थियो । आजै किसानले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट सेयर सदस्य, उत्कृष्ट कर्मचारीलाई पुरस्कृत समेत गरेको छ । किसानले साहित्यकार गोबिन्दराज बिनोदीद्धारा लिखित र बिशाल ढकालको संगितमा रहेको किसानको गित पनि आजै बिमोचन गरेको हो । बि सं २०५२ सालमा स्थापना भएको किसान बचत तथा ऋण सहकारी संस्थामा हाल करिब १२ हजार बढि सेयर सदस्य रहेका छन भने अन्तराष्टियस्तरको गुणस्तर चिन्ह अर्थात एक्सेस ब्राण्ड प्राप्त गरिसकेको छ ।
तपाइँको प्रतिक्रिया