गैडाकोटमा मैत्रिपूर्ण फुटवल प्रतियोगिता सम्पन्न
आज गैडाकोटमा मैत्रिपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । गैडाकोटको जेष्ठ विद्यालय जनक उच्च मा. वि. गैडाकोट र नमुना आवशिय उच्च मा. वि. विच जनक उच्च मा वि को खेल मैदानमा भएको मैत्रीपूर्ण खेलमा नमुना आवशिय उच्च मा. वि. विजयी भएको हो ।
मैत्री पूर्ण भावनाको विकास गरी दुइ विद्यालयविच सुमधुर सम्वन्ध कायम गर्ने उद्येश्यले आयोजना गरीएको सो प्रतियोगिताको एक कार्य क्रम विच नवलपरासीका जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डे ले उद्घाटन गर्नुभएको थियो भने सोही कार्यक्रममा जनक उच्च मा वि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पराजुली , प्राचार्य गोविन्द प्रसाद जोशी , जनक कलेजका प्राचार्य चेतनाथ भूसाल , नमुना आवशिय उच्च मा वि का प्राचार्य गोपेन्द्र केसरी न्यौपाने लगायत दुवै विद्यालयका अन्य शिक्षकहरु , विद्यार्थीहरु लगायत दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
विजयी हुने विद्यालयलाइ सील्ड र मेडल प्रदान गरीएको जनक उ मा. वि. का खेल शिक्षक खेमराज तिवारीले जानकारी दिनुभएको छ ।
तपाइँको प्रतिक्रिया