गैडाकोटमा सकियो महिलाहरुको क्षमता अविवृद्धी गराउने उद्घोषण तालिम

बिबेक भण्डारी ,३१ जेठ ,महिला सञ्जालको आयोजना र गैडाकोट नगरपालीकाको सहयोगमा महिलाहरुको क्षमता अविवृद्धी गराउने उद्दश्यले विहिवार देखि नवलपरासीको नगरपालीकामा सुरु भएको ४ दिने उद्घोषण तालिम सोमवार सकिएको छ । महिलाहरुको फुर्स्दिलो समयमा नेत्तृत्व विकास गराउने उद्देश्यका साथ सो तालिमको आयोजना गरिएको थियो । तालिमको समापन गदै गैडाकोट नगरपालीका १० देखि १७ वडा प्रमुख देवनाथ दाहालले अहिलेको समयमा उद्घोषण तालिम अति महत्वपुण रहेको हुदा यो तालिम ध्यान दिएर लिनुपर्ने र तालिम सफल भएको वताउनुभयो । ४ दिन सम्म संञ्चालन भएको सो तालिम समापन कार्यक्रममा गैडाकोट नगरपालीका१० देखि १७ वडा प्रमुख देवनाथ दाहालको प्रमुख आतिथ्यता , मुकुन्दसेन सामुदायिक वनका अध्यक्ष देविदत्त कडेल, गैडाकोट नगरपालीका वडा नम्बर १०का संयोजक तिर्थ वराल, वडा नम्बर १७का संयोजक राजकुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । ४ दिन सम्म आयोजना हुने तालिमको प्रशिक्षण मुकुन्दसेन टेलिभिजनका प्रबन्ध निर्देक इतराज गुरुङ असिफ, मुकुन्दसेन टेलिभिजनका कार्यक्रम प्रस्तोता दिनेश कडेल, केदार खनालले प्रशिक्षण दिनुभएको थियो । तालिममा करिव ३० जनाको सहभागिता रहेको थियो । तालिम महिला सञ्जालकी अध्यक्ष धना गैरेको अध्यक्षतामा समापन गरिएको हो ।
तपाइँको प्रतिक्रिया