गैडाकोटमा स्वास्थ्यकर्मीको दादागिरीले वडाध्यक्ष तनावमा

गैंडाकोट, भाद्र २८
गैडाकोट नगरमा डेगुंको महामारी फैलिरहेका बेला अमरापुरी स्वास्थ्य चौकी गैडाकोटका प्रमुख रेशम पौडेल भने गैडाकोट नगरस्वास्थ्य कार्यलयमा नै हाजिर गरेर दिन कटाएका छन् । स्वास्थ्य प्रमुखको जिम्मेवारी पाएका उनले नगर स्वास्थ्य प्रमुख ईन्द्रराज सापकोटाको आशिर्बादमा नगरस्वास्थ्य कार्यालयमा बसि जनस्वास्थ्यमा चरम खेलवाड गर्ने गरेको आरोप उनलाइ लागेको छ । उनि आफनो जिम्मेवारीको कुनै ख्यालै नगरी आफनै घरजस्तो गरी मनपरी गर्ने र वडाध्यक्षसँग पनि कुनै समन्वय र सहकार्य नगरी मनोमानी प्रबृति देखाउने गरेको स्थानीयहरुले आरोप लगाए । स्वास्थ्य प्रमुखलाई आफुले यस्तो जटिल अवस्थामा स्वास्थ्य चौकीमा बसि राम्रोसँग सेवा प्रबाह गर्नुस अस्पताल सबै नागरिकले अपनत्व लिने खालको बनाउनु पर्छ समस्या समाधान गरी सेवा प्रभावकारी बनाउँ भन्दा उल्टै आफुलाई धम्कायो भनि राजनिति गरी आफु बिरुद्ध अनावश्यक भ्रामक प्रचार गरी स्वास्थ्य प्रमुखले जनस्वास्थ्यमा चरम खेलवाड गरेको स्वास्थ्य चौकीका अध्यक्ष तथा १६ का वडा अध्यक्ष गोर्वधन ज्ञवालिले बताउनु भयो ।
स्थानीय निर्वाचन पश्चात वडा अध्यक्षको जिम्मेवारीमा स्वास्थ्य निकाय आएको र आफुले जति सक्दो यहाँको स्वास्थ्य चौकी र स्वास्थ्य क्षेत्रको बिकासमा प्रभावकारी काम गर्न भनेर आफु लागिरहदा पनि स्वास्थ्य प्रमुखले आफुमाथि राजनितिक पुर्वाग्रह राखी सधै असहयोग मात्रै गरेको उहाँ बताउनु हुन्छ ।
वडा बासिको प्रमुख समस्या स्वास्थ्य समस्यालाई समाधानका लागी वडाबाट बजेट हालि आफुले त्यहाँ ल्याब खडा गरी स्वास्थ्यलाई प्रभावकारी बनाउन सक्रिय भएको तर स्वास्थ्य केन्द्रका प्रमुखले आफुलाई हरेक कुरामा असहयोग गरेको उहाको भनाई छ ।
स्वास्थ्य संस्था प्रमुख पौडेल नगरपालिका परिसरमा रहेको नगर स्वास्थ्य कार्यालयमा बस्ने र स्वास्थ्य केन्द्रमा आउदै नआई स्वास्थ्य केन्द्रलाई भद्रगोल बनाउदै लगेको उहाँको भनाई छ । कार्यालय प्रमुख पौडेलले आफुमाथि राजनिति गरेको उहाँको दुखेसो छ । ईन्चार्ज भएर बस्ने काम नगर्ने जहाँ पैसा आउछ त्यतैै मात्रै ध्यान दिने कामचोर कर्मचारी आफुलाई नचाहिने आफुले भनेको तर आफुलाई काट्छु मार्छु भनेर भन्यो भनि अनावश्यक हल्ल्ला फिजाएर राजनिति गरी त्यतीले मात्रै नपुगेर एक घण्टा स्वास्थ्य सेवानै बन्द गरि जनस्वास्थ्यको चरम खेलवाड गरी दम्भ देखाएको उहाँको भनाई छ ।
६ महिना देखि मिटिङ्ग समेत नभएको र पैसा आउने काममा मात्र अग्रसरता देखाउने तर पैसा नआउने ठाउँमा कुनै कुनै ध्यान नदिने गरेको वडा अध्यक्षको भनाई छ । त्यस्तै अस्पतालमा बिभिन्न दाताले दिएको सहयोग समेत कुनै वास्ता नगर्ने बिभिन्न दाता सहयोगको लागी आउदा पनि मतलब नगर्ने र अस्पतालको ब्यवस्थापन पुरै भद्रगोल बनाएको उहाको भनाई छ ।
स्वास्थ्य चौकी अगाडी सिमेन्टको नाला बनाउ भन्दा उसले हेमपाईप ल्याएर हालेर कमिसन खाएको उहाँको आरोप छ । यस्तै डेगूंको महामारी भएको बेला १ घण्टा स्वास्थ्य सेवा अवरुद्ध गरेको उहाँले बताउनु भयो । त्यसको जवाफ नगर स्वास्थ्य प्रमुख ईन्द्रराज सापकोटा र रेशम पौडेलले दिनु पर्ने बताउनु भयो ।
यता नगर स्वास्थ्य प्रमुख ईन्द्रराज सापकोटाले नगरपालिकामा नगरप्रमुखको सल्लाहमा उहाँलाई काजमा राखिएको बताउनु भयो । नगरपालिकामा डाटा ईन्ट्री गर्ने कर्मचारी नभएकाले उहाँलाई फोकल पर्सन समेत तोकिएकोले यहाँ राखिएको र नगरपालिकामा काम नहँुदा नगरस्वास्थ्य कार्यालयमा पनि उहाँले काम गर्ने गरेको उहाँ बताउनु हुन्छ । स्वास्थ्य सेवा किन अवरुद्ध गरिएको भन्ने प्रश्नमा उहाँले आधा घन्टा जति अवरुद्ध भएको त्यसपछि तत्कालै स्वास्थ्य सेवा सञ्चालन गर्न आफुले निर्देशन दिएको बताउनु भयो ।
यता गैडाकोटका मेयर छत्रराज पौडेलले भने पौडेलको चितवन सरुवा भईसकेको र वडा अध्यक्षसँग भनाभन गरि उसले सामान्य बिषयलाई अतिरञ्जित गर्न खोजेको बताउनु भयो । यो बिषयमा दुबै जनालाई राखेर आफुले स्पष्ट निर्देशन समेत दिईसकेको उहाँको भनाई छ ।
तपाइँको प्रतिक्रिया