गैडाकोटमा ४ दिने उद्घोषण तालिम सुरु

विबेक भण्डारी २७, नवलपरासी,
महिला सञ्जालको आयोजना र गैडाकोट नगरपालीकाको सहयोगमा महिलाहरुको क्षमता अविवृद्धी गराउने उद्दश्यले विहिवार देखि नवलपरासीको नगरपालीकामा ४ दिने उद्घोषण तालिम सुरु भएको छ । महिलाहरुको फुर्सदिलो समयमा नेत्तृत्व विकास गराउने उद्देश्यका साथ सो तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गदै गैडाकोट नगरपालीका१० देखि १७ वडा प्रमुख देवनाथ दाहालले अहिलेको समयमा उद्घोषण तालिम अति महत्वपुण रहेको हुदा यो तालिम ध्यान दिएर लिनुपर्ने र तालिको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । ४ दिन सम्म संञ्चालन हुने सो तालिम उद्घाटन कार्यक्रममा गैडाकोट नगरपालीका१० देखि १७ वडा प्रमुख देवनाथ दाहालको प्रमुख आतिथ्यता , मुकुन्दसेन सामुदायिक वनका अध्यक्ष देविदत्त कडेल, गैडाकोट नगरपालीका वडा नम्बर १०का संयोजक तिर्थ वराल, वडा नम्बर १७का संयोजक राजकुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । ४ दिन सम्म आयोजना हुने तालिमको प्रशिक्षण मुकुन्दसेन टेलिभिजनका प्रबन्ध निर्देक इतराज गुरुङ असिफ, मुकुन्दसेन टेलिभिजनका कार्यक्रम प्रस्तोता दिनेश कडेल लगायतले प्रशिक्षण दिने कार्यक्रम हरेको छ । तालिम महिला सञ्जालकी अध्यक्ष धना गैरेको अध्यक्षतामा सुरु गरिएको हो ।
तपाइँको प्रतिक्रिया