गैडाकोटमा आ. व. २०७५/७६ मा १९८ मेक्ट्रिक टन मासु उत्पादन

भाद्र २९, गैंडाकोट
गैडाकोट नगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा १९८ मेक्ट्रिक टन मासु उत्पादन भएको छ । २०७५/७६को पशु गणना तथ्यांक अनुसार गैंडाकोट नगरपालिकामा एक वर्षमा १९८ मेक्ट्रिक टन मासु उत्पादन भएको देखिएको हो । गैंडाकोट नगरपालिकामा रहेको १८ वटा वार्डहरुमा राँगाको मासु ६२ मेक्ट्रिक टन, खसी बोकाको मासु ९२ मेक्ट्रिक टन, हाँंस कुखुराको मासु ३० मेक्ट्रिक टन, बंगुरको मासु १३ मेक्ट्रिक टन र माछाको मासु १ मेक्ट्रिक टन गरि जम्मा १९८ मेक्ट्रिक टन मासु नगरमा उत्पादन हुने गरेको नायब पशु स्वास्थ्य प्राविधिक सुर्य सुवेदीले जानकारी दिनु भयो ।
गैंडाकोटमा सवै भन्दा बढी मासु खसी बोकाको उत्पादन हुने र सबै भन्दा कम मासु माछाको उत्पादन हुने उहाँले बताउनु भयो साथैं मौसम अनुसार मानिसहरुले मासुको खरिद बिक्री गर्ने हुदाँ मासुको उत्पादनमा मौसमको विशेष महत्व रहेको उहाँको भनाई छ । चार्डपर्वको मौसममा भने धेरै मासुहरुको उत्पादन बढी हुने उहाँले बताउनु भयो । त्यस्तै गैंडाकोट नगरपालिकामा १ वर्षमा बाख्रा २४ हजार १४५, गाई १४ हजार ३३१, भैंसी ४ हजार ८४३, भेडा १७५, बगुर २८२, ब्रोइरल कुखुरा ४५ हजार ४८६, लिर्यस कुखुरा १२ हजार ३८३, स्थानीय जातका कुखुरा २२ हजार र हाँस ५ हजार १३४ उत्पादन भएको पशु शाखा अधिकृत रमेश ज्ञवालीले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया