गैडाकोट नगरपालिका र एन्सेट विच सहकार्य गर्नेमा समझदारी


गैडाकोट, माघ १६, सुर्य प्रकास भुसाल
गैडाकोट नगरपालिका को आयोजना तथा भुकम्प प्रविधि राष्ट्रिय समाज –नेपाल
(एन्सेट) को सहकार्यमा भुकम्प सुरक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम मंगलबार
गैडाकोटमा सम्पन्न भएको छ । कार्यक्रममा भुकम्प जोखीम न्युनीकरण तथा जोखीम व्यवस्थापनकार्यमा सहकार्य गर्नका लागि गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल र एन्सेटका प्रबन्ध निर्देशक डा.ईन्जिनीयर आमोदमणि दीक्षित विच १४ बुदे सममmदारी पत्रमा हस्ताक्षर समेत भएको छ । कार्यक्रममा गैडाकोट नगरपालिकाका बडा अध्यक्षहरु एवं नगरसभाका सदस्यहरु एन्सेटका प्रशाशन प्रमुख निभा उप्रेती,उप कार्यक्रम व्यवस्थापक कपिल भट्टराई,ईन्जिनियर विनोद सापकोटा लगायतको उपस्थिती रहेको थियो । नगरपालिका द्धारा गरिने राष्ट्रिय भवन संहिता कार्यान्वयनको कार्यलाई सघाउने मध्यको एक कार्यको रुपमा कार्यक्रम कार्यन्वयन हुने छ । सामझदारीपत्रमा भवन संहिताबारे जनचेतना अभिवृद्धी तथा भुकम्प प्रतिरोधात्मक भवन निर्माण प्रवृद्धीको प्रचार प्रसार गर्न सहयोग गर्ने, भुकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि आवश्यक जनशक्तीको विकास तथा विद्यमान जनशक्तीको क्षमता अभिवृद्धीका लागि तालिम कार्यक्रमको व्यवस्थापन गर्ने ,भुकम्पिय जोखीम न्युनीकरणका लागि नगरपालिका क्षेत्रको जोखीम तथा क्षमता मुल्यांकन र कार्ययोजना तयार पार्ने ,नगरपालिकालाई प्राविधिक सहयोग गर्ने लगायत विषयहरु सामझदारी पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै भुकम्प प्रविधि राष्ट्रिय समाज –नेपाल (एन्सेट) का प्रबन्ध निर्देशक आमोदमणि दीक्षितले स्थानिय तहको सरकार गठन संगै सबै अधिकार केन्द्र बाट स्थानिय तहमा आइसकेको ले आफुहरु नगरपालिका संग सहकार्य गर्न उत्साहीत रहेको बताउनुभयो यसै गरी गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले नगरका सम्पूर्ण समुदायलाई भुकम्पबाट सुरक्षित बनाउने लक्ष्य सहित सहमति पत्रमा हस्ताक्षर भएको बताउनुभएको छ । समझदारी पत्रमा हस्ताक्षर हुनुअघि गैडाकोट नगरकार्यपालिका सम्पुर्ण पदाधिकारीहरुलाई भुकम्प सुरक्षा सम्बन्धि अभिमुखीकरण कक्षा समेत प्रदान गरिएको थियो अभिमुखीकरणको सहजीकरण एन्सेट का प्रबन्ध निर्देशक आमोदमणि दीक्षित ले गर्नुभएको थियो ।
MTV NEWS link….
www.youtube.com/watch?v=Gs-a5VUtXFM
तपाइँको प्रतिक्रिया