गैडाकोट नगरपालिका १ मा तीज प्रतियोगिता सम्पन्न, सृजनशिल टोल विकास महिला समूह प्रथम

गैंडाकोट, भदौं ८
गैंडाकोट १ मा टोल स्तरीय तीज प्रतियोगिता सम्पन्न भएको छ । मौलिक तीज गीतहरुको संरक्षण र सम्बद्र्धनको मुख्य उद्देश्य सहित गैंडाकोट १ मा रहेको प्रगति टोल महिला विकास समूहले यो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा गैडाकोट नगरपालिका १ का ६ वटा टोल बिकास समूहहरुको सहभागिता रहेको थियो ।
६ वटा टोल बिकास समूहहरु बीच भएको तीज गीत प्रतियोगितामा सृजनशिल टोल विकास महिला समूह प्रथम भएको छ भने मिलन टोल विकास महिला समुह दोश्रो र प्रतिभा टोल विकास महिला समूह तेश्रो हुन सफल भएको छ । मौलाकाली टोल विकास महिला समूहले भने सान्तवना पुरस्कार जित्न सफल भएको छ ।
प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्तवना हुनेले क्रमशः रु ७,०००, ५,०००, ३,००० र १,००० नगद रकम सहित प्रमाण–पत्र प्राप्त गरेका थिए । तीज गीत प्रतियोगितामा सहभागी हुने टिमहरुको प्रोत्साहनका लागि अन्य टिमलाई ५०० नगद पनि दिइएको थियो ।
प्रतियोगितामा सहभागी टीमहरुले स्वस्थ्य सुन्दर टोल निमार्णमा महिलाको भूमिका विषयमा रहेर गीत प्रस्तुत गरेका थिए । अन्जना ढकाल संयोजक रहेको ३ सदस्यीय निर्णयक मण्डलले प्रतियोगिताको बिजेता उप विजेता छानेका थिए । प्रतियोगीतामा एउटा टिमलाई १० मिनेटको गीत गाउने समय छुट्याईएको थियो ।
प्रतियोगिता गैंडाकोट नगरपालिकाको नगर उप प्रमुख शान्ती कोईरालाको प्रमुख आतिथ्यता एवं प्रगति टोल महिला विकास समूहकी अध्यक्ष पार्बती ढकालको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा समूहका उपाध्यक्ष सरिता हुमागाईले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । जुन कार्यक्रमको लक्ष्मण कंडेल र कमल कंडेलले सहजीकरण गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया