गैडाकोट बचत तथा ऋण सहकारी संस्थाद्वारा २२ औ साधारण सभा सम्पन्न

गैडाकोट बचत तथा ऋण सहकारी संस्था ले आज २२ औ साधारण सभा सम्पन्न गरेको छ । गैडाकोटको श्रीराम पार्टी प्यालेसमा भएको साधारण सभाले सचिव देवराज पौडेलले प्रस्तुत गर्नुभएको प्रगती प्रतीवेदन र कोषाध्यक्ष हुमकान्त आचार्य,ले प्रस्तुत गर्नुभएको आर्थीक प्रतीवेदन र प्रस्तावित बजेट, लेखा तथा सुपरीवेक्षण समिती संयोजक गोविन्द सुवेदीले प्रस्तुत गर्नुभएको लेखा समिती प्रतीवेदन पारीत गरेको छ । संस्थाका अध्यक्ष प्रेम बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतीथी नेफस्कुन सञ्चालक समिती सदश्य शान्ती अधिकारीले बचत तथा ऋण सहकारी संस्थाले गुणस्तरीयता वृद्धी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ नवलपरासीका सचिव तिलक प्रसाद पराजुली सहकारी समन्वय मञ्च गैडाकोटका अध्यक्ष वेदप्रसाद गौडेल, संस्थाका उपाध्यक्ष तारा खरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया