गैडाकोट–१२, मटकुरीमा आयोजना गरिएको चार दिने क्षमता अभिवृद्धि मूलक उद्घोषण तालिम समापन ।

कमला भुषाल,
गैँडाकोट, २३ जेष्ठ ।
गैडाकोटको वडा नं. १२ मटखुरीमा आयोजना गरिएको चार दिने क्षमता अभिवृद्धि मूलक उद्घोषण तालिम बुधवार सकिएको छ । समापन कार्यक्रममा बोल्दै वडा सदस्य गोविन्द कोइरालाले बोल्नेकलाको विकास नभए सम्म महिलाहरुको क्षमता अभिवृद्धि नहुने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका कोइरालाले महिलाहरुको क्षमता अभिवृद्धिका लागि यस्ता खालका कार्यक्रम अनिवार्य जस्तै बन्दै गएको बताउनुभयो । महिलाहरुको क्षमता अभिवृद्धिका लागि आफुले सक्दो प्रयास गर्ने उहाँको भनाई थियो ।
समापन कार्यक्रममा बोल्दै महिला वडा सदस्य सुशिला सापकोटाले महिलाहरुको क्षमता अभिवृद्धिसँगै गाउँ समुदायको विकास जोडिएकाले क्षमता अभिवृद्धिका लागि स्थानीय जनप्रतिनिधिहरु प्छाडी हट्न नमिल्ने तर्क गर्नूभयो । कार्यक्रममा मुकुन्दसेन निमाविका प्रधानाध्यापक भुवन आले, सहकारी संस्थाकी निवर्तमान अध्यक्ष मायादेवी आले, संस्थाकी कोषाध्यक्ष नमुना क्षेत्री, देउराली सामुदायिक वनका प्रतिनिधि खेमकुमारी थनेत, प्रगतीशिल टोल सुधार विकास समितिकी खेमकुमारी थनेत र सहभागीहरुको तर्फवाट सविता आले, शान्ति गौतमले बोल्नुभएको थियो ।
यूग चेतना नारी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको तालिममा ४० जना महिलाहरुको सहभागीता थियो । यस अघि आईतबार, गैँडाकोट १२ का वडाध्यक्ष थिर बहादुर थनेतले तालिमको उद्घाटन गर्नुभएको थिया । तालिममा पत्रकार महासंघ चितवनका सह सचिव सन्तकुमार चौधरीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम सहकारी संस्थाकी अध्यक्ष फुलमाया तामाङको अध्यक्षतामा आयोजना गरिएको थियो ।
तपाइँको प्रतिक्रिया