गैडा संरक्षण र चोरी शिकार नियन्त्रणका लागि राइनो गोल्डकप

सबैभन्दा बढी पुरस्कार राशि रहेको राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । खेलको माध्यमबाट वन र वन्यजन्तु सुरक्षा तथा एक सिङे गैँडा संरक्षणमा युवाहरूको चासो वृद्धि गराउने उद्देश्यले यो फुटवल प्रतियोगिता आयोजना गर्न लागिएको सोमवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
कार्तिक ११ गतेबाट सुरु हुन लागेको उक्त प्रतियोगितामा ए डिभिजन सहित १२ टिम सहभागी रहने आयोजक नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए । वन र वन्य जन्तु संरक्षण संगै युवाहरुलाई खेल कुदमा थप चासो दिन पनि खेलको आयोजना गरेको बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले चार लाख ९९ हजार ५५५ रुपैयाँ र दोस्रो हुने टिमले दुई लाख ५५ हजार ५५५ रूपैयाँ र चितवन राष्टिय निकुञ्ज घुम्ने व्यवस्थ ागर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।
वन र वन्यजन्तु संरक्षण गर्ने मुख्य उद्देश्यले यो खेल १५ वर्ष अधि देखि नवलपुरको मध्यविन्दु नगरपालीकामा संञ्चालन हुदै आएको छ ।
तपाइँको प्रतिक्रिया