गैरसरकारी संस्थाको बिकास बिना देशको बिकास असम्भब : नेता बिक्रम खनाल

पुरुषेत्तम सुवेदी नवलपरासी २३ ,नेपाली कांग्रेसका युवा नेता एवंम् नवलपरासी निर्वाचन क्षेत्र न. ५का सांसद बिक्रम खनालले गैरसरकारी संस्थाको बिकास बिना देशको बिकास असम्भब रहेको बिचार राख्नुभएको छ । नवलपरासीको ईन्द्रेणी सामाजीक बिकास मन्चको ३१ बर्ष प्रबेशको अवसरमा आयोजीत बिशेष सभालाई नवलपरासीको पन्चनगरमा सम्बोधन गर्दै नेता खनालले यस्तो बिचार राख्नुभएको हो । नेपाली कांग्रेस संसदीय समितीका सदस्य समेत रहनुभएको नेता खनालले सरकारले मात्र सबै क्षेत्रमा काम गर्न नसक्ने भएकाले गैरसरकारी संस्थालाई पनि सरकारले हातोमालो गरी अगाडी बढाउनुपर्ने बिचार राख्नुभयो । सो अवसरमा बोल्दै नेता खनालले गैरसरकारी संस्थालाई उचित परिचालन गर्न सरकारले उचित निती ल्याउनुपर्ने बिचार राख्दै खनालले भन्नुभयो उहाले सरकाले गैरसरकारी संस्थालाई एकद्धार प्रणालीबाट सहकार्य गर्नुपर्ने बिचार राख्नुभयो । संस्थाका अध्यक्ष बालेन्द्र बिक्रम शाही को अध्यक्षतामा भएको बिशेष कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक एवंम् संस्थाका सचिब बद्री सुबेदी , कोषाध्यक्ष लोमा वाग्ले लगायतले संस्थाको प्रगतीको शुभकामना राख्नुभएको थियो । आजभन्दा ३० बर्ष अघि स्थापना भएको ईन्द्रेणी सामाजीक बिकास मन्चले बिशेष गरी गण्डक अभियान , जल अधिकार भुमी अधिकार लगायतको क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।
तपाइँको प्रतिक्रिया