गोरखा ब्रुअरी प्रालिले श्रम शोषण गर्ने गरेको कर्मचारीहरुको आरोप

प्रकाश सिग्देल
नवलपुर, ५ माघ ।
नवलपुरको मुकुन्दपुरमा रहेको गोरखा बु्रअरी प्रालिले श्रम शोषण गर्ने गरेको पाईएको छ । लामोसमय देखि कारखानामा काम गरेका कर्मचारीहरुलाई न्युन तलव दिएर श्रम शोषण गर्ने गरेको कम्पनीमा कार्यरत कर्मचारीहरु बताउछन् ।
कारखानाले श्रम शोषण गर्ने गरेको भन्दै समग्र उद्योग ट्रेड युनियन नेपालले श्रम तथा रोजगार कार्यालय कास्की पोखरामा लिखित गुनासो गरेपछि प्रदेश श्रम कार्यालय पोखराले कारखानामा अनुगमन गरेको थियो ।
कर्मचारीहरुले लिखित गुनासो गरेपछि आफुहरुले कारखाना ब्यवस्थापन पक्षलाई वार्तामा आउन पटक पटक पत्राचार गरेपनि बार्तामा ब्यवस्थापन पक्ष नआएपछि आफुहरुनै कम्पनीको निरीक्षण र मजदुरको समस्या बुझन कारखानामै आएको श्रम तथा रोजगार कार्यालय पोखरामा कारखाना निरीक्षक छन्द नारायण श्रेष्ठले बताउनु भयो ।
कारखानाले नियुत्ति पत्र र श्रम ऐन अनुसार सेवा सुबिधा नदिएको सामान्य अनुगमनका क्रममा आफुहरुले पाएको श्रेष्ठले बताउनु भयो । अनुगमन तथा निरीक्षणका लागि कारखाना निरीक्षक छन्द नारायण श्रेष्ठ र नायव सुब्बा साबित्री देबि बराल कारखाना पुगी मजदुरहरुको समस्या तथा गुनासो सुन्नु भएको थियो ।
५३ साल देखि दैनिक ज्यालादारीमा काम गर्नु भएकी एक कर्मचारीले आफुलाई यहि साउनबाट ५१७ रुपैयाँ दिने गरेको र त्यस अघि ३९५ मात्रै दिने गरेको बताउनु भयो ।
नियुक्ति पत्र पनि नदिने र आफुहरुमाथि ठूलो श्रम शोषण कारखानाले गर्ने गरेको महिला श्रमिकहरु बताउछन् ।

कारखानाले अधिकांश कर्मचारी ठेकेदार मार्फत लिने गरेको र उनिहरुलाई निकै थोरै ज्यालामा लगाउने गरेको मजदुर नेताहरु बताउछन् । त्यसको ब्यवस्थापक चन्द्र प्रकाश खेतान हुन् । बहुराष्ट्रिय कम्पनीले श्रमिक माथि श्रम शोषण गरी हदै सम्मको अत्याचार गरेकाले यसलाई कानुन बमोजिम कडा कारबाही गर्नु पर्ने समग्र उद्योग टे«ड युनियन नेपालका अध्यक्ष होमबहादुर गुरुङले बताउनु भयो ।
सरकारका नेतादेखि मन्त्री सम्मलाई कम्पनीले बिभिन्न प्रलोभनमा पारेकाले मजदुरहरुको समस्यामा कसैले पनि आवाज नउठाएको र सुनुवाई नभएको मजदुर नेताहरु बताउछन् ।
८२ जना कम्पनीको कार्ड होल्डर, आले सप्लायर्सबाट २५० र देवचुली तिन कन्या सप्लायर्सबाट ११६ जना कर्मचारी रहेको उनिहरुलाई श्रम सम्झौता नगरी काम लगाउने गरेको गुरुङले बताउनु भयो ।
आफुहरले श्रम ऐन कार्यान्वयन गर्न बारम्बार आवाज उठाउदा पनि कम्पनी प्रशासन प्रमुख समिर जोशीले सुनुवाई नगरि श्रम कार्यालय बुटवललाई समस्या समाधान भइसक्यो भन्दै झुटो बिवरण समेत पठाएर सरकारको आँखामा छारो हालेको बताउनु हुन्छ ।
कारखानाले श्रम ऐन बिपरीत ठेकेदार मार्फत कर्मचारी भर्ना गरेको छ । नियमित काम गर्ने र्कमचारीलाई ठेकेदार मार्फत भर्ना गर्न नपाईने श्रम ऐनमा उल्लेख छ । कारखानामा ठेक्कामा ५५० बढी मजदूर रहेको र उनिहरुको श्रम शोषण गरेको मजदुर नेताहरु बताउछन् ।
तपाइँको प्रतिक्रिया