गोर्खा ब्रुअरी कम्पनीका मजदुरहरु आन्दोलित

भूमिलाल पौडेल, गैंडाकोट, ५ कार्तिक ।
मुकुन्दपुरमा रहेको गोर्खा ब्रुअरी कम्पनीका मजदुरहरु आन्दोलित भएका छन् । कम्पनीमा ३१ वर्षदेखि सेवारत कर्मचारी अगन्धर लामिछानेलाई कम्पनीले अवकाश दिएपछि मजदुरहरु आन्दोलित भएका हुन् । लामिछाने गोर्खा ब्रुअरीको स्थापनाकालदेखि कै कर्मचारी हुन् । कम्पनी भित्र उनि माओादी केन्द्र निकट अखिल नेपाल टे«ड युनियनको नेता भएकै कारण कम्पनी र लामिछाने बीच आन्तरिक द्धन्द्ध रहेको बताईएको छ ।
लामिछानेका अनुसार गत भदौ ६ गतेदेखि उनि पाँच सातकालागि छुट्टीमा बसेका थिए । तर उनि आश्वीन १ गते नै काममा फर्किएका थिए । आश्वीन १ गते काममा फर्किएका उनलाई कम्पनिले काम दिनुको साटो ‘तपाईलाई कामबाट किन निस्कासन नगर्ने’ ब्यहोरा सहितको स्पष्टिकरण पत्र थमाएको लामिछाने बताउँछन । कम्पनी प्रसाशनले स्पष्टिकरण पत्र थमाउन खोजेपछि मैले त्यो पत्र बुझिन, त्यसपछि त्यो पत्र कम्पनीले हुलाक मार्फत घरमै पठायो’ – अगन्धर लामिछानेले भने – ‘हुलाकबाट पठाएको पत्र बुझे लगत्तै मैले स्पष्टिकरण दिए, तर कम्पनिले काममा बोलाएन ।’ कम्पनिमा उनको सेवानिबृत्त हुन ५ वर्ष मात्र बाँकी छ ।
ब्रुअरीले लामिछानेलाई अवकास दिएपछि कम्पनी भित्र रहेका ४ वटै मजदुर संघ÷संगठनहरु आन्दोलोलित भएका छन् । कम्पनीले यसअघि पनि उनलाई अवकास दिन अनेक वहानाहरु खोज्दै आएको एक सुत्रले बताएको छ ।
आन्दोलनरत मजदुरहरुले कम्पनीको गेट अगाडि नाराबाजी गर्दै कोणसभा गरेका थिए । कोणसभालाई नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष मित्रशरण ‘बिहानी’, अखिल नेपाल टेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश ईञ्चार्ज एस वि थापा, नेकपा माओवादी केन्द्र गैंडाकोटका अध्यक्ष युवराज रिमाल, औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष हुमवहादुर रेग्मी, राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष दिपक पाण्डे, नेपाली कांग्रेस वडा नं १० का सभापति प्रेम खरेल, एमाले वडा सदस्य नरेश काफ्ले र वडा नं २ का जनप्रतिनिधि प्रकाश सापकोटा लगायतले सम्बोधन गर्नुभएको थियो ।
उहाँहरुले लामिछाने सहित यसअघि अवकास गरिएका २७ जना कर्मचारीहरुलाई यथाशिघ्र बहाली नगरे आगामी दिनहरुमा यसभन्दा ठूलो आन्दोलनहरु गर्ने चेतावनी दिनुभएको थियो । कम्पनीले संविधान नमानेको र मजदुरहरुको हितमा ल्याईएको सामाजिक सुरक्षा कोष लागु नगरेको आरोप लगाउँदै उहाँहरुले अवकासमा परेकाहरुलाई ससम्मान वहाली नगरे कम्पनी बन्द गर्ने सम्मका चेतावनी दिनुभएको थियो ।
तपाइँको प्रतिक्रिया