गोर्खा ब्रुअरी प्रा.लि.ले गैडाकोट १० कोटिहोम चोक देखि कारखानासम्म जाने सडक निर्माणमा चासो नदिएको भन्दै स्थानीयहरुले आक्रोष ब्यक्त

गैंडाकोट, साउन २
गोर्खा ब्रुअरी प्रा.लि.ले गैडाकोट १० कोटिहोम चोक देखि कारखानासम्म जाने सडक निर्माणमा चासो नदिएको भन्दै स्थानीयहरुले आक्रोष ब्यक्त गरेका छन् । टुर्बोग, गोरखा लगायतका बियर उत्पादन गर्ने सो कारखानाका दैनिक ५ दर्जन भन्दा बढि दश चक्के मालबाहक ट्रक सो बाटो हुदै आवत जावत गर्ने गरेको भन्दै स्थानीयले त्यही सवारीले बिगारेको बाटो मर्मतमा कारखाना पक्षले चासो नदिएको भन्दै आक्रोष ब्यक्त गरे ।
साँघुरो भत्किएको बाटो त्यसै माथी ठुलाठुला ट्रकहरु त्यो बाटो हिड्दा त्यसको धुँवा, धुलो र ध्वनी प्रदुषणले घरै बस्न नसकिने अवस्था सृजना भएको स्थानीयहरु बताउँछन् ।
आफुहरुले पटक पटक बाटोको समस्याका बारेमा अवगत गराउँदा पनि बाटो मर्मतमा कुनै चासो नै नदिने र स्थानीयको कुरालाई सुनुवाई नै नगरी कारखाना पक्षले मनलाग्दी गरेको पिडितहरुको भनाई छ ।
कारखाना वरिपरी गन्हाएर बस्नै नसकिने र त्यहाँको सवारी साधनको आवत जावतले गर्दा त्यहाँको बातावरण नै कोलाहाल पुर्ण बनेको भन्दै स्थाीनयले आक्रोष ब्यक्त गरे ।
स्थानीय महिला नन्दकला जिसिले सडक मर्मतमा कारखाना पक्षले ध्यान नदिदा दुर्घटनाको जोखिम अत्याधिक रहेको बताउनु भयो । रात बिरातमा त्यही कारखानामा काम गरेर आउने कति कर्मचारी त बाटोमा लडेर घाईते भएको बताउँदै उहाले आफना सानासाना बालबालिका समेत त्यही सडक र सवारीको तिब्र आवगमनले जोगाउनै समस्या भएको भन्दै आक्रोष ब्यक्त गर्नु भयो ।
त्यस्तै स्थानिय युवा बिनोद लामिछानेले बाटो निमार्णका लागी निमार्ण समिति बनेपनि बियर कारखानासँग स्पष्ट रुपमा कुरा राख्न नसक्दा निमार्ण कार्य थप अन्योलमा परेको बताउनु भयो । उहाँले स्थानीय अगुवाहरुनै कारखानाका कर्मचारी भएको र उनिहरुले स्थानीय क्षेत्रमा परेको समस्या उठान गर्ने भन्दा पनि आफनै जागिर बचाउने खेलमा लागेकाले बाटो निमार्ण हुन नसकेको गुनासो गर्नु भयो ।
चोक्कर र जागिर पाउने आशले कारखानाले गरेका गलत कामको बिरुद्ध कोही बोल्न नसकेको स्थानीय युवाहरु बताउँछन् । कारखानाले बाटो भत्काएपछि वर्षातको बेला त झन पिच सडका परेको ठुला ठुला खाडलमा पानी जमेर थप दुर्घटनाको जोखिम बढेको देख्न सकिन्छ । कारखानाले स्थानीय बासिन्दाको समस्या समाधान गरी मानव स्वास्थ्यको ख्याल गर्न जरुरी छ ।
भिडियो रिपोर्ट
तपाइँको प्रतिक्रिया