ग्यासको भरी सिलिण्डरमा पानी भेटियो ,यसरी ठगिदैछन उपभोक्ता

नवलपरासी,माघ १४
खाना पकाउने ग्यास सिलिण्डरमा पानी राखेर बेच्दै उपभोक्ताको ठगि गरीएको भेटिएको छ । यो संगै अभावको मौका छोपि ग्यास भन्दै कालोबजारी गर्नेहरुले सिलिण्डरमा पानी बेचिरहेको पुष्टि भएको छ । कावासोती नगरपालीका ३ बस्ने आशा तामाङ्गले किनेको सिलिण्डरमा ११ केजि भन्दा बढि पानी रहेको पाईएको हो । कालोबजारी गर्ने हरुले अभावको मौका छोपी ग्यास बिक्री गर्ने क्रममा ग्यास भनेर सिलिण्डरमा पानी भरेर उपभोक्ताई ठगिरहेका छन । तामाङ्गले ल्याएको जानकी कम्पनीको भरी सिलिण्डरमा ११ केजि भन्दा बढि पानी रहेको पाईएको हो । तामाङ्गले आफ्नो लुम्बिनि ग्यास कम्पनिको खालि सिलिण्डर दिएको र ४ हजार ८ सय रुपैया तिरेर जानकी ग्यासको भरी सिलिन्डर ल्याएको तर २/३ दिन बाल्न नपाउदै ग्यास बल्न छाडे पछि ग्यास बनाउने ठाउमा लैजादा पानी रहेको पाईएको बताउनु भयो ।
उहाका अनुसार आफुले छिमेकी मार्फत ग्यास ल्याएको र ग्यास ल्याईदिने ब्यक्तिले भारतिय सिमा क्षेत्रबाट ल्याउने हो भनेर भनेको भए पनि सो ग्यास कहा बाट ल्याएको हो भन्ने यकिन नभएको बताउनु भयो । आफुले छिमकी मार्फत मगाएको र ग्यास ल्याउने ब्यक्तिलाई भने नचिनेको थापाले बताउनु भयो । नेपाली बजारमा ग्यास अभाव भए संगै कतिपयले सिमा क्षेत्रबाट खालि सिलिण्डरमा ग्यास पल्टि गरी ल्याउने गरेका छन । सिमा क्षेत्रमा ग्यास सिलिण्डरमा पानी भरी बिक्री गर्ने गरेको सो क्षेत्रका स्थानियले बताएपनि कावासोती क्षेत्रमा पनि यसरी सिलिण्डरमा पानी भरी ग्यास भन्दै बिक्रि गरीएको हो कि भन्ने उपभोक्ताले आशंका ब्यक्त गरेका छन । नवलपरासीको सिमा क्षेत्रमा बिसेष गरेर तस्करहरुले भारतिय ग्यास नेपाली सिलिण्डरमा पल्टि गरेर बेच्ने क्रममा पानी भरेर उपभोक्ताई ठगि गर्दै आएको गुनासो उपभोक्ताबाट पटक पटक आईरहेको भएपनि कावासोती क्षेत्रमा पनि अभावको मौका छोपि कालोवजारी गर्नेहरुले ग्यास सिलिण्डरमा पानी भरेर बेच्न थालेका हुन कि भन्ने उपभोक्ताको भनाई रहेको छ । कालोबजारी गर्ने हरुले यसरी उपभोक्ताहरुलाई ठगि गरीरहदा प्रशासनले भने कालोवजारी नियन्त्रण गर्नको लागि कुनै ठोस कदम नचालेको उपभोक्ताले गुनासो गरेका छन ।
तपाइँको प्रतिक्रिया