ग्लोबल मार्क भिजा सर्भिस अस्ट्रेलियाद्धारा आधारभुत स्वास्थ्य इकाईलाई १ लाख बढिको स्वास्थ्य सामाग्री सहयोग ।

गैँडाकोट, १३ जेठ ।
ग्लोबल मार्क एजुकेसन एण्ड भिजा सर्भिस अस्ट्रेलियाले बिहिबार गैँडाकोट वडा नंम्बर १२ मा रहेको आधारभुत स्वास्थ्य इकाईलाई १ लाख १ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । ग्लोबल मार्क एजुकेसन एण्ड भिजा सर्भिस अस्ट्रेलियाका निर्देशक प्रदिप प्रसाद पौख्रेलले पठाउनु भएको रकमबाट अहिले देखिएको कोभिड १९ को माहामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री सहयोग गरिएको पोख्रेलका दाजु हरिप्रसाद पोख्रेलले जानकारी दिनु भयो । हर्कपुर निवासी प्रदिप प्रसाद पोख्रेलका दाजु हरिप्रसाद र राम चन्द्र पोख्रेलले बिहिबार २ थान अक्सिजन सिलिण्डर, फोल्डीङ सिट सहित २ थान बेड सिट, १ सिलिन्डर सहित १ थान ग्यास चुलो इकाई प्रमुख दीपा सदाशंकरलाई हस्तान्त्रण गनु भएको हो ।
दलित, जनजाति र थारु जातिको बढि बसोबास रहेको र स्वास्थ्य सेवा पँहुचको हिसाबले कोरोना कहरमा केहि अप्ठ्यारो भएको अवस्थामा वडा नं १२ मा स्वास्थ्य सामाग्री सहयोग गरेकोमा वडाध्यक्ष थिरबहादुर थनेतले ग्लोबल मार्कलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा वडाध्यक्ष थिर बहादुर थनेत, बडा सदस्य चुन बहादुर केसि, समाजसेवी विष्णु गौतम, बिरबहादुर शाहि, होमनाथ सापकोटा, रनबाहादुर आले लगाएतको उपस्थीति रहेको थियो । अष्ट्रेलियाको ताजमानिया राज्यको होबाकमा मेन कार्यालय रहेको ग्लोबल मार्कले हाल काठमाण्डौबाट विदेशमा अध्ययन गर्न चाहाने विद्याथीहरुका लागि शैक्षिक परामर्श दिदै आइरहेको छ । यस संस्थाले विदेशमा गएर शैक्षिक ज्ञान लिन चाहाने विद्याथीहरुलाई उचित परामर्श दिनुका साथै भिजा सम्बन्धि सम्पुर्ण कार्यहरु समेत गर्दै आइरहेको छ ।
कोभिड १९ संक्रमणको अवस्था सुधार भए पछि अब छिट्रै चितवनबाट पनि आफ्ना सवै सेवाहरु सञ्चालनको तयारी भैरहेको ग्लोबल मार्क एजुकेसन एण्ड भिजा सर्भिस अस्ट्रेलियाले जानकारी दिएको छ । ग्लोबल मार्कले सेवामुलक काम हरुलाई पनि सधै निरन्तरता दिईरहेको र आगामि दिनमा पनि सहयोगका कार्यक्रम जारी राख्ने जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया