घरेलु तथा साना उघोगमा दर्ता देखिएन गैडाकोटका केहि होटल तथा किराना पसलहरु

बिबेक भण्डारी १३ , गैडाकोट नगरपालिकाकामा रहेका अधिकाशं होटल तथा किराना पसलहरुमा साना तथा घरेलु उघोग दर्ता विना संञ्चालन गरिएको पाइएको छ । जिल्ला प्रशासन कार्यलय नवलपरासी , घरेलु तथा साना खाद्य उघोगकार्यलय नवलपरासी , क्षेत्रीय खाद्यप्रविधि तथा गुणनियन्त्रण विभाग भैरहवा , उघोग बाणिज्य संघ गैडाकोटको संयुत आयोजनामा गैडाकोटमा गरिएको ६ वटा होटल तथा ५ वटा किराना पसल अनुगमन गरिएकोमा ४ वटा होटल, दरवार होटल , पाते ठिढो रेष्टुरेन्ट , रापति होटल गैडाकोट र छाप्रो होटल गरि ४ वटा होटल स्थायी दर्ता गरिए पनि घरेलु तथा साना उघोगमा दर्ता नभइएको पाइएको हो । पाते ढिठो रेष्टुरेन्टको भने जग्गा नाममा नरहेकोले दर्ता नगरिएको बुझिएको छ । त्यस्तै किराना पसल अन्तरगत कुशल इन्टरप्राइजेज गैडाकोट , कल्पना किराना पसल गैडाकोट भृकुटी चोक र लक्ष्मी किराना पसल साना तथा घरेलु उघोगमा दत्र्ता नभएको पाइएको हो । जस्मा यस विषयमा उघोग बाणिज्य संघले भने आफुहरुले १ दिने कार्यक्रम नै संञ्चाल गरेर नै व्यवशायिहरुलाई दर्ता गर्न आग्रह गरिएको र करिव १०० जनाले दर्ता गरिएको भए पनि अनुगमनमा दत्र्ता गरिएको नदेखिएको पाइएको छ । अनुगमनका क्रममा गैडाकोट भृकुटी चोक देखि रजहरको टागिंकोट सम्म गरिएको अनुगमनमा होटलहरु मध्ये भाटभटेनी खाजा घर मात्र साना तथा घरेलु उघोग दर्तामा रहेको पाइएको छ ।
उघोग बाणिज्य संघ गैडाकोटले माइकिगं गरेर घरेलु तथा सना उघोग दात्र्ता अनिवार्य गर्नु पछ भने पनि दर्ता नभेटिएको उघोग बाणिज्य संघ गैडाकोटका उपाध्यक्ष कमल सापकोटा वताउनु हुन्छ । यसरी स्थायि दर्ता मात्र किन भनि प्रश्न गर्दा घरेलु तथा साना उघोग दत्र्ता कुनै स्थानमा पनि आवस्यक नपर्ने हुदा घरेलु तथा साना उघागमा दर्ता नगरिएको व्यवशायिहरुले वताएका छन । अनुगमन टोलिले साना तथा घरेलु उघोगमा दर्ता गराउन एक हप्ताको समय दिएको जानकारी दिएका छन । व्यवशायिहरुको घरेलुमा नभए पनि स्थायि दर्ता रहेको तर साना तथा घरेलु उघोगमा पनि दर्ता हुन आवस्यक रहेको घरेलु तथा साना खाद्य उघोग कार्यलयका उघोग अधिकृत नन्दलाल पौडेलले जानकारी दिनुभयो । व्यवशायिहरुले एक हप्ता भित्र दर्ता गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । अनुगमन जिल्ला प्रशासन कार्यलय नवलपरासी शाहायक जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गगााना , घरेलु तथा साना खाद्य उघोग कार्यलयका उघोग अधिकृत नन्दलाल पौडेलल , क्षेत्रीय खाद्यप्रविधि तथा गुणनियन्त्रण विभाग भैरहवाका खाद्य निरिक्षक दिपक कुवर , जिल्ला प्रहरी कार्यलय नवलपरासीका रित्तबहादुर आले , उघोग बाणिज्य संघ गैडाकोटका उपाध्यक्ष दिपक सापकोटा र इलाका प्रहरी कार्यलय गैडाकोट लगायतको संयुक्त रोहवरमा अनुगमन गरिएको हो ।
तपाइँको प्रतिक्रिया