घर निर्माण गर्न सकिने गरि थप नक्साहरु निर्माण

२० असार ।
राष्ट्रिय पुन निर्माण प्राधिकरणले स्थानिय स्तरमा नै उपलब्ध श्रोत साधनबाट घर निर्माण गर्न सकिने गरि थप नक्साहरु निर्माण गर्ने तयारी गरेको छ । यसअघि प्राधिकरणले तयार पारेको १७ ओटा भूकम्प प्रतिरोधी घरका नक्साहरु ग्रामिण स्तरका लागि त्यति व्यवहारिक नभएको आवाजहरु आएपछि थप नक्सा तयार पार्न लागिएको हो । गाँउमा २ लाख सम्ममा बन्ने घर गाँउघरकै प्रविधि र श्रोत सामाग्रीबाट निर्माण गर्न सकिने गरी नक्साहरु तयार पार्न प्राधिकरणका विज्ञ सदस्य चन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा कार्यदल गठन भएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले सीआइएलाई जानकारी दिनुभयो । अब कार्यदलले तयार पारेको प्रतिवेदन निर्देशक समितिलाई बुझाउने छ ।
तपाइँको प्रतिक्रिया