चरम ठगी भो : उपभोक्ता ,अनुगमन गर्छौ : उद्योग वाणीज्य संघ गैँडाकोट

नवलपरासी, असार २२
दैनीक उपभोग्य सामाग्रीमा अत्याधीक ठगी हुने गरेको गैँडाकोटमा आयोजीत एक कार्यक्रमका सहभागीले बताएका छन् । बागेश्वरी असल शासन क्लव नवलपरासीले आयोजना गरेको उपभोग्य सामाग्रीमा हुने कालोबजारीबिरुद्ध सडक बहस कार्यक्रममा सहभागीहरुले एउटै सामाग्रीको बजारमुल्य पसल अनुसार फरक फरक हुने गरेको र ठगी गर्नेलाई कारबाही पनि नहुने गरेको बताए । जवाफदेही निकायको रुपमा गैँडाकोट नगरपालीकाका नायब सुब्बा महेन्द्रनाथ न्यौपाने, उद्योग वाणीज्य संघ गैँडाकोटका उपाध्यक्ष दिपक सापकोटा, महासचिव छविलाल कण्डेल, विभिन्न व्यवसायीक संघ संगठनका पदाधीकारी, गैँडाकोट ईलाका प्रहरी कार्यालय गैँडाकोट, सामुदायीक सेवा केन्द्र गैँडाकोटका अध्यक्ष दाताराम घिमिरे, राजनैतीक दलका प्रतिनीधी, औषधी व्यवसायी संघ चितवनका सल्लाहकार सामुदायीक रेडियो बिजय एफएमका स्टेशन म्योनजर ध्रुवमणी पौडेल, उच्च माध्यमीक बिद्यालय सञ्चालक समितिका केन्द्रीय सहायक कोषाध्यक्ष दिपक रावत, गैँडाकोटका व
डा नागरीक मञ्चका संयोजक टोल विकास संस्थाका पदाधीकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीको जिज्ञासाको जवाफ दिदैँ उद्योग वाणीज्य संघका उपाध्यक्ष दिपक सापकोटाले उपभोग्य सामाग्रीमा खरिदको २० प्रतीशतभन्दा बढी मुनाफा राख्न नहुने र राखेको पाईएमा कारबाही हुने बताउनुभयो । बजारमा सुबिधका हिसाबमा २५ प्रतीशत सम्म मुनाफा लिने गरेको र त्यसलाई सम्बन्धीत व्यवसायी पसल होटल वा उद्योगले दिने गरेको सुबिधामा भर पर्ने उहाँको भनाई थियो । उहाँले खाद्य तथा गुण नियन्त्रण कार्यालय जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायको सहकार्यमा नियम विपरित सञ्चालन हुने पसल उद्योग तथा व्यवसायको अनुगमन हुने गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै सामुदायी सेवा केन्द्र गैँडाकोटका अध्यक्ष दाताराम घिमिरेले नियमविपरीत मेडीकल सञ्चालन गर्ने अयोग्य व्यक्तीले औषधी विक्रि गरीरहेको बारे औषधी व्यवसायी संघले निगरानी गर्न नसकेको गुनासो राख्नुभयो । गुनासोको जवाफ दिदै औँषधी व्यवसायी संघ चितवनका सल्लाहकार गोविन्द पौडेलले नियमविपरीत सञ्चालन अयोग्य मेडीकल सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन आफुहरुले सहयोग गरेको बताउनुभयो । सहभागीले बजारमा बिक्रिमा राखिने खाने तेल, ग्यासको तौल र मुल्य, होटलको खानाको मुल्य मा अनीयमीतता हुने गरेको गुनासो गरे । यस्तै औषधी पसलहरुले भ्याट बिल नदिने गरेको, र बिल दिएपनी ठग्ने गरेको गुनासो गरे । होटल व्यवसायी संघ नवलपरासीका देवी प्रसाद पौडेलले होटलहरुमा एउटै मुल्य निर्धारण गरी एकरुपता ल्याउने प्रयास भएको बताउनुभयो ।
कार्यक्रममा सहभागीले बिद्यालयमा निर्धारण हुने शुल्कमा पनि एकरुपता नभएको बिद्यालय सञ्चालकले आफुखुसी लिने गरेको बताएका थिए । सहभागीको प्रश्नको जवाफ दिदैँ शिक्षाविद् दिपक राउतले गैँडाकोट क्षेत्रका बिद्यालयहरुमा नियमानुसार नै शुल्क लिईने गरेको बताउनुभयो । यस्तै सञ्चारमाध्यमले अनीयमीता र कालोबजारीका बिरुद्ध आवाज उठाउने नगरेको भन्दै सञ्चारमाध्यममा साधारण कार्यक्रमले स्थान पाएको भन्दै गुनासो गरे । गुनासाको जवाफ दिदैँ सामुदायीक रेडियो बिजय एफएमका स्टेशन म्यानेजर ध्रुवमणी पौडेलले सञ्चारमाध्यमले जनचासोका बिषयलाई नजरअन्दाज गर्न नमिल्ने र यस्ता गुनासा भए रेडियोमा सम्पर्क गरे त्यसलाई बाहिर ल्याउने प्रतीबद्धता जनाउनुभयो । सहभागीहरुले बजारमा बिक्रिका लागी राखिने सामाग्री अखाद्य भएको अनुगमन नभएको बताएका थिए । सहभागीको प्रश्नको जवाफ दिदैँ नगरपालीकाका नायब सुब्बा महेन्द्रनाथ न्यौपानेले सम्बन्धीत निकायसंगको सहकार्यमा अनुगमन गर्ने गरीएको र गलत फाईदा उठाउनेलाई पहिलो चरणमा सम्झाउने गरीएको र त्यती गर्दा पनि नमाने कानुन अनुसार कारबाही गरेको बताउनुभयो । ग्यासमा कालोबजारी भएको बारे जवाफ दिँदै उद्योग वाणीज्य संघ गैँडाकोटका महासचिव छविलाल कण्डेलले ग्यासमा तौल र मुल्यमा अनीयमीतता भएको बारे सर्वसाधारणले पनि उजुरी गर्ने बानी बसाल्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य रामचन्द्र सुवेदीले राजनैतीक दलबाट अपराधीलाई संरक्षण गर्ने गरीएको स्विकार्दै जनस्तरबाट दबाब आवस्यक रहेको बताउनुभयो । सहभागीहरुले यातायात, बिजुली, शिक्षा, बाटोघाटोमा पनि व्यापक अनियमीतता बढी भएको गुनासो राखे । सहभागीहरुले ध्रुव पौडेल, सुरेन्द्रप्रसाद रेग्मी, तिर्थराज बराल शारदा ढकाल, औषधी व्यवसायी आनन्द चालीसे लगायतले प्रश्न गर्नुभएको थियो । कार्यक्रम बास नवलपरासीका अध्यक्ष यदुनाथ सिग्देलको अध्यक्षतामा भएको हो ।
तपाइँको प्रतिक्रिया