चर्चा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को
पछिल्लो समय एउटा गीत सार्वजनिक गरिदैमा निकै नै चर्चा बटुल्न सफल फिल्म हो नायिका केकी अधिकारीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’, जुन को प्रदर्शन मिति तय सम्म गरिएको छैन तर, यो चलचित्रको पहिलो गीत भने सार्वजनिक भए पछि भने यो चलचित्रबाट दर्शकहरुले निकै नै आशा गरेका छन् ।
राजनराज सिवाकोटी र मेलिना राइको स्वर, राजनकै शब्द तथा संगीत रहेको ‘सी ओ डब्लु काउ’ बोलको गीत सार्वजनिक गर्दै चलचित्रको प्रचार आरम्भ गरिएको छ । यो गीतको भिडियोमा भने नायिका रीमा विश्वकर्माले नृत्य गरेकी छिन् भने उनलाई साथ दिएका छन् गम्भिर बिष्ट, नायिका केकी अधिकारी र कलाकार विनोद न्यौपानेले । चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय हेर्न सकिनेछ ।
विशाल भण्डारीले निर्देशन गरेको चलचित्रको ‘सी ओ डब्लु काउ’ बोलको गीतको कोरियोग्राफी गम्भिर बिष्टले गरेका छन् । यस चलचित्रलाई अर्जुन तिवारीले छायांकन, लोकेश बज्रचार्यले सम्पादन गरेका छन् । चलचित्रमा भद्रबहादुर शाही, देविलाल न्यौपाने, शिव प्रसाद चौलागाइको लगानी रहेको छ । कमेडी कथामा यो चलचित्रमा नायिका रीमा विश्वकर्मा र गम्भिर बिष्टलाई भने दर्शकले यो गीतको भिडियोमा मात्र देख्न पाउने छन् ।
तपाइँको प्रतिक्रिया