चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन एक कार्यक्रमका बीच सार्वजनिक

काठमाडौं, असोज ३
चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन आईतबार एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । यस गीतका गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गर्नुभएको हो ।
वि.सं. २०६१ सालमा सार्वजनिक भएको ‘सान्नानी’ गीत त्यसबेला निकै चर्चित भएको थियो । यो गीतबाटै गायक बोगटी सांगीतिक क्षेत्रमा स्थापित हुनुभएको थियो । ओरिजिनल भर्सनको भिडियोमा बाबु र नन्दिता केसीको अभिनय रहेको थियो भने निर्देशन आलोक नेम्बाङले गर्नुभएको थियो ।
अहिलेको रिमेक गीतको भिडियोमा भने प्रहिल कार्कीको निर्देशन रहेको छ । गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन् ।
गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गर्नुभएको छ । भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन छ । सुरेन्द्र बसेलले भिडियोमा कोरियोग्राफी गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै गायक बोगटीले सांगितिक क्षेत्रमा ख्याति कमाउनुको पछि यही गीत रहेको बताउनु भयो । उहाँले धेरैले पुरानो गीत भन्दा नयाँ गीत गाउन सुझाव दिएपनि आफूले १२ वर्षमा खोला त फर्किन्छ यो त २० वर्ष भइसक्यो भन्ने हिसावले उत्तर दिँदै आएको बताउनु भयो । कार्यक्रममा अभिनेता पुष्प खड्काले यो गीत अहिलेका दर्शकहरुसामु पुनः पु–याउनु आफैँमा राम्रो भएको बताउनु भयो ।
‘सान्नानी’को रिमेक भर्सन
‘सान्नानी’को ओरिजिनल भर्सन
तपाइँको प्रतिक्रिया