चार महिना देखी सार्बजनिक यातायात बन्द

पुरुषोत्तम सुबेदी,परासी, २२ मड्सिर । नवलपरासीमा मधेशी मार्चाका जारी आन्दोलनका कारण बिगत चार महिना देखी मध्य नेपाल यातायात ब्यवासायी समिती अन्तर्गतका करिब २ सय सार्बजनिक यातायातका सवारी साधन चल्न सकेको छैन् । मोर्चाले बन्दको क्रममा समिती अन्तर्गतका ति सार्बजनिक सवारी साधन चल्न नदिएपछि चार महिना देखी यातायातका सवारी साधन पुर्ण रुपमा ठप्प रहदै आएको समितीले जनाएको छ । समिती अन्तर्गत बस , माईक्रो , भोल्का गाडी र जिप गरी २ सय बढी सार्बजनिक यातायात रहेका छन् । मोर्चाको बन्दले सवारी साधन बन्द गर्न बाध्य भएको समितीका अध्यक्ष रिषीराम पौडेलले बताउनुभयो । मार्चाको बन्दका कारण समितीका अन्तर्गतका कुनैपनि सवारी साधन कुनै पनि रुटमा संचालन हुन नसक्दा ब्यवसायीहरु निकै मारमा परेका छन् । पौडेलले लामो समयसम्म सवारी साधन चल्न नसक्दा बैकको किस्ता समेत तिर्न नसकिको गुनासो गर्नुभयो । मोर्चाले बिद्यालय र बजार र शैक्षिक संस्थालाई संचालन गर्न एक साता अघि सहमती जनाएपछि सार्बजनिक यातायताका सवारी साधन संचालन गर्न सहमती जनाएको छैन् । सो समितीले नवलपरासीको परासी सुनवल , परासी–महेशपुर र बर्दघाट– त्रिवेणी क्षेत्रमा सञ्चालन हुँदै आएका थिए ।
तपाइँको प्रतिक्रिया