चितवनका कार्यकर्तासँग देउवाको आक्रोश: रेणुलाई भोट दिन नमान्ने प्रचण्डलाई भोट दिने ?
सुवास पण्डित
चितवन, ४ असार ।
नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले संघिय संसदको निर्वाचनमा चितवनका कांग्रेश कार्यकर्ताले प्रचण्डलाई भोट दिएको भन्दै गुनासो गर्नुभएको छ । सोमबार नेपाल दलित संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानिय निर्वाचनमा माओबादिसंग तालमेल गर्दा आफ्नो आलोचना गर्नेहरुले नै पछि प्रचण्डलाई भोट दिएको गुनासो गर्नुभएको हो । आफुले रेणु लाई भोल दिन भनेको भएपनि प्रचण्डलाई भोट दिन नभनेको उहाँको प्रश्न थियो । स्थानिय निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेशले तत्कालिन माओबादि उम्मेद्वार रेणू दाहाललाई समर्थन गरेको थियो । त्यति बेला रेणूका लागी मत माग्दा आफुलाई कालो झण्डा देखाउने र पुत्ला जलाउनेहले संघिय संसदको निर्वाचनमा प्रचण्डलाईे भोट दिएको देउवाको आक्रोस थियो ।
संघीय संसदको चुनावमा कांग्रेसले समर्थन गरेको उम्मेदवार राप्रपाका विक्रम पाण्डेलाई भोट नदिई कार्यकर्ताले वाम गठबन्धनका उम्मेदवार प्रचण्डलाएई मत दिएको देउवाको आरोप थियो ।
संसदको निर्वाचनमा प्रचण्डलाईे भोट दिएको देउवाको आक्रोस थियो । कांग्रेशले निर्वाचन हारेको जिम्मा आफु एक्लेले नलिने भन्दै पुर्व प्रधानमन्त्रि समेत रहेका देउवाले सबैले हारको जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभयो ।
पार्टिलाई रुपान्तरण गरी जनताको पक्षमा उभिएर आगामी निर्वाचनमा ठुलो पार्टि बनाउन सबै कांग्रेसी कार्यकर्ता लाग्नुपर्ने उहाँको जोड दिनुभयो ।
तपाइँको प्रतिक्रिया