चितवनका जिल्ला शिक्षा अधिकारी परिवर्तन

चितवन श्रावण ३, चितवनका जिल्ला शिक्षा अधिकारी परिवर्तन भएका छन् । ५ महिनाअघि परिवर्तन भएका शिक्षा अधिकारी फेरि यहीं फर्किने भएका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयले ५ महिनाअघि काज सरुवा गरी यहाँ कार्यरत दामोदर आचार्यलाई शिक्षा मन्त्रालय लगेको थियो भने शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमी भक्तपुरका गोविन्दप्रसाद अर्याललाई जिल्लामा ल्याएको थियो । तर,आइतवार मात्रै निर्णय गरी उनीहरुको काजफिर्ता गरिएको हो । चितवनमा कार्यरत अर्याललाइ सनोठिमीतिर लागेका छन् भने आचार्य मंगलवार मात्रचितवन आइपुग्ने भएका छन् ।
तपाइँको प्रतिक्रिया