चितवनका थारुहरुले आफ्नो रितिरिवाज भुल्दै गएको गुनासो, विकृती बढ्न थालेपछि कार्यक्रम गर्न मापदण्ड बनाउने थाकस चितवनको तयारी

सन्तकुमार चौधरी
चितवन १३, असोज ।
चितवनका थारुहरुले आफ्नो रितिरिवाज भुल्दै गएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । थारु महिला सभाले भरतपुरमा शुक्रवार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्नेहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका सभापती कृष्णप्रसाद डल्लाकोटीले चितवनका थारुहरुले आफ्नो रितिरिवाज भुल्दै गएको बताउनुभयो । कतिपय थारुले आफ्नो मातृभाषा समेत भुल्न थालेकोले त्यसतर्फ ध्यान दिन थारु अगुवाहरुलाई आग्रह गर्नुभयो ।
थारु बस्तीमै आफुपनि हुर्कीबढेकाले थारु समुदायका रितिरिवाजबारे धेरै जानकार रहेको तर्क गर्दै सभापती डल्लाकोटीले नयाँ ढंगवाट रितिरिवाज संरक्षण गर्न नसके भोलीका दिनमा थारुको रितिरिवाजको बारेमा जानकारी लिन किताव पढ्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका समापती डल्लाकोटीले थारु समुदायको रितिरिवाज, चार्डपर्व, भाषा लगायत अन्य परम्परागत चालचलन संरक्षण गर्न आफुले कुनैपनि कसुर बाँकी नराख्ने तर्क गर्नुभयो । कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चौधरीले थारुहरुको रितिरिवाज संरक्षण गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । चाडपर्व संरक्षणको नाममा विकृतीहरु भित्रीद्ै गएको गुनासो बढ्न थालेपछि कार्यक्रम आयोजना गर्न मापदण्ड बनाउने तयारी भइरहेको बताउनुभयो । जितिया पर्वको अवसरमा आयोजना भइरहेका कार्यक्रममा थारुको भेषभुषा लगायर झमटा गीतका नाममा हिन्दी र भोजपुरी गीतमा नाच्ने संस्कारको विकास हुन थालेपछि चितवनमा आयोजना हुने कार्यक्रममा मापदण्ड ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका पूर्व जिल्ला सभापती टिकेन्द्र चौधरीले थारुहरुको पहिचान संकटमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । भाषा,धर्म, संस्कृती र रितिरिवाज संकटमा पर्दै गएको उहाँको भनाई थियो ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाकी नव निर्वाचित केन्द्रीय सदस्य विष्णुकुमारी चौधरी, पूर्व केन्द्रीय सदस्य चन्द्राकुमारी चौधरी, रेडक्रस चितवनका जिल्ला सभापती ज्ञानशाली न्यौपाने, थारु पत्रकार संघका केन्द्रीय सदस्य सन्तकुमार चौधरी, थारु कल्याणकारिणी सभा चितवनका सांस्कृतिक विभाग संयोजक कमानसिंह महतो, गुनेश्वर महतो लगायतले बोल्नुभएको थियो । कार्यक्रममा थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष भजुमानराम महतो, पूर्व केन्द्रीय सदस्य लक्ष्मण महतो, थारु अगुवा सत्यनारायण चौधरीले जितिया पर्वको महत्व र यसको आवश्यकता विषयमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रम थारु महिला सभा चितवनकी जिल्ला अध्यक्ष धन्जु महतोको अध्यक्षतामा आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रवाट सहभागी भएका टोलीले सांस्कृतिक झमटा नाच प्रस्तुत गरेका थिए । यहि असोज १५ गतेदेखि तराईका थारु समुदायका दिदीबहिनीहरुले तीन दिन सम्म जितिया पर्व मनाउँदैछन् ।
तपाइँको प्रतिक्रिया