गैंडाकोटमा स्वास्थ्य सामाग्री सहयोग गर्दै, लायन्स क्लब अफ चितवन चौतारी र चितवन नवलपुर समृद्धि

गैँडाकोट, २२ जेठ ।
चितवनका दुई लायन्स क्लबले गैँडाकोटको नगर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन ।
शनिवार नवलपुरको गैंडाकोट नगरपालिकाको प्राङ्गढमा भएको एक कार्यक्रममा अमेरिका नेपाल मेडिकल फाउन्डेसन र लायन्स क्लब अफ चितवन चौतारी एबम लायन्स क्लब अफ चितवन नवलपुर समृद्धिको आर्थिक सहयोगमा दुई ओटा अक्सिजन कन्सनटेटर र सेनिटाइजर लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाले नगर अस्पताल गैंडाकोटलाइ हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रम मा गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल र उप प्रमुख बिष्णु कुमारी कंडेलले संयुक्त रुपमा स्वास्थ्य सामाग्री ग्रहण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले लायन्स क्लबहरुले कोभिडको यो महामारीमा सहयोग गरेको भन्दै धन्यवाद दिनु भए को थियो । गैंडाकोट नगरपालिकालाई यस अघिपनि क्लबले एउटा कन्सनटेटर लगायत स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।
तेसै गरि लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन नवलपुर समृद्धिले बाग्लुङको जैमुनी नगरपालिकालाई समेत एउटा अक्सिजन कन्सनटेटर , मास्क, पिपिइ लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा गैंडाकोट नगरपालिका ५ का वडा अध्यक्ष नवराज कंडेल, लायन्सका DDC भक्ती प्रसाद चालिसे ,जोन चेयर पर्सन बिनोद पन्त, डा. महेन्द्र अग्रहरी ,लाल प्रसाद शर्माको समेत उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया