चितवनमा भोलि ४ घण्टा विद्युत् अवरुद्ध हुने

चितवन, जेठ २१
चितवनका विभिन्न ठाउँमा भोलि विद्युत अवरुद्ध हुने भएको छ । चार घण्टा विद्युत् अवरुद्ध हुने भरतपुर प्राधिकरणले जानकारी दिएको हो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार शनिबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । भरतपुर बस टर्मिनलदेखि गोन्द्राङसम्म सडक विस्तारको क्रममा विद्युत्का पोलहरु सार्ने काम भएकाले भोलि विद्युत् कटौती गर्न लागिएको हो । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तरगतको भरतपुर–२ र औद्योगिक फिडर–१ अन्तरगतका स्थानहरुमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।
तपाइँको प्रतिक्रिया