चितवनका विभिन्न अस्पतालमा ५०९ कोरोना संक्रमितको उपचार हुदै , थप १६ जनाको मृत्यु

चितवन, ६ जेठ ।
चितवनमा विगत २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा ७ जना, पुरानो मेडिकल कलेजमा ३ जना, क्यान्सर अस्पतालमा २ जना र माडीको बगौडा अस्पतालमा १ जनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकमा यस्तो जनाईएको हो ।
अहिले चितवनका विभिन्न अस्पतालमा ५०९ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । जसमध्ये २५९ जना आईसीयूमा, ६३ जना भेन्टिलेटरमा, ८९ जना एचडीयू र १६१ जनाको सामान्य बेडमा उपचार भइरहेको छ । विगत २४ घण्टामा ४७ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय जनाएको छ ।
तपाइँको प्रतिक्रिया