चितवनको ग्रामिण भेग अयोध्यापुरी शिवद्धरमा मगर होमस्टे सुरु

चितवनको ग्रामिण भेग चितवन राष्ट्रिय निकुञ्जको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले शिवद्वारमा मगर होमस्टे सुरु गरिएको छ । माडी नगरपालिका–११ अयोध्यापुरी शिवद्धरमा मगर समुदायका स्थानियहरुको जीवनस्तरसगै पर्यापर्यटनको विकास गर्न शिवद्धरमा मगर होमस्टे सुरु गरिएको हो । मगर होमस्टेको एक समारोहका वन तथा भू–संरक्षण अग्नी सापकोटाले उद्धघाटन गरेका छन् । मगर समुदायद्धारा सञ्चालन गरिएको होमस्टेको उद्धघाटन गर्दै वनमन्त्री सापकोटाले देशको आर्थिक क्रान्तिको मेरुदण्ड नै पर्यटन व्यवसाय भएको बताएका छन् । देश दुई ठुला अप्रर्थिक रुप सम्पन्न भारत र चीनको विचमा छ उनले भने, उनीहरुसगं अािर्थक रुपले प्रतिस्पर्धा नै एक मात्र उद्योग भनेको प्रकृतिले दिएको यस्तो सम्पत्तिलाई प्रयोग गर्ने पर्यटन नै हो । उनले होमस्टे पर्यटन विकासका लागि कोसेढुङ्ग भएको भन्दै होमस्टेको प्रर्वद्धन गर्न सरकारले चिनिया पर्यटकलाई भिसा शुल्क नलाग्ने जानकारी दिए । माडी नगरपालिका सच्चै देशको नमुना ईको नगरपालिका बन्ने भन्दै कषिमा आधारित बनाई आर्ग्निक खेती प्रणाली गर्न सुझाव समेत दिए । मुलुकको आन्तरीक समस्या आन्तरी रुपमा नै हल गरिने भन्दै विश्वभरको चौतर्फी दवावका विस्तारै नाका खुल्दै जाने दावी पनि गरे । चितवनमा नै सञ्चालित होमस्टे मध्ये मगर समुदायको यो पहिलो होमस्टे हो । २०२२ सालमा म्याग्दी जिल्लाबाट बसाईसराई आएका ३७ घर मगर समुदायले सामुयिक रुपमा ११ वटा होमस्टे सञ्चालनमा ल्याएका अयोध्यापुरी मध्यवर्ती मगर होमस्टेका अध्यक्ष मोहनबहादुर मगर जानकारी दिए । ४४ जनाको क्षमता रहेको होमस्टेमा मगर समुदायको चुड्का नाच, मारुनी नाचको मज्जा लिन पाईन्छ । विभिन्न कार्यक्रमहरु गर्न चाहाने संस्थालाई लक्षित गरि २ कठ्ठा जमिनमा सामुदायिक कल्चर भवनमा बनाईएको छ । मगर होमस्टेमा स्थानिय लोकल माछा, हासं, कुखुरा सहित विभिन्न मगर परिकारहरुको स्वाद लिन पाईन्छ ।
तपाइँको प्रतिक्रिया