चितवनको फिस्लिङमा गाडीको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गयो

चितवन कार्तिक ५- चितवनको फिस्लिङमा गाडीको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको ज्यान गएको छ । मुग्लिनबाट काठमान्डौ तर्फ जादैँ गरेको नम्बर नखुलेको गाडीले पृथ्वी राजमार्ग अन्र्तरगत चितवनको दारेचोक ९ फिस्लिङ नजिकै ठक्कर दिदां बा ७८ प ४६८५ नम्बरको मोटर साईकलमा सवार धादिङ जोगिमाराका पदम चेपाङको मृत्यु भएको छ । ठक्कर दिने गाडीको खोजी भईरहेको प्रहरीले जनाएको छ । मृतकका आफन्तले अहिले पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन् ।
तपाइँको प्रतिक्रिया