चितवनबाट कोरोना निको भएर घर फर्किँदै गर्दा एम्बुलेन्स दुर्घटना, निको भएका थिङको मृत्यु

नवलपुर, २० जेठ ।
हेटौडा उपमहानगरपालिका–११ नवलपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश ०१–००२५ च ३६३८ नम्बरको एम्बुलेन्सले पछाडिबाट ट्रकलाई ठक्कर दिँदा सर्लाहीको बागमती गाउँपालिका–४ का ६६ वर्षीय जितबहादुर थिङको मृत्यु भएको हो ।
उनी कोरोना संक्रमण भएपछि १४ दिनदेखि उनी चितवनको भरतपुर अस्पतालमा उपचार गरी कोरोनाबाट पुर्ण रुपमा निको भएर बिहीबार घर फर्किँदै गरेका थिए । उनै थिङको दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।
एम्बुलेन्समा चालकसहित चार जना सवार थिए । तीन जना घाइते छन् । चालक भरतपुर महानगरपालिकाका २७ वर्षीय मनोज कुमाल र मृतकका आफन्त ३८ वर्षीया मेमा थिङ गम्भीर घाइते छन ्। अर्का ३५ वर्षीय पूर्वबहादुर थिङ पनि घाइते छन्। उनको अवस्था मध्यम रहेको छ । उनीहरूको हेटौडाको अस्पतालमा उपचार भइरहेको छ।
तपाइँको प्रतिक्रिया