चितवनबाट रातारात भागे सयौको संख्यामा चिनिया नागरिक

पौष १३ , चितवन
चितवन प्रहरीले भरतपुरको सिजि ल्याणमार्क होटलबाट दुई चिनिया नागरिकलाई पक्राउ गरेको छ । चितवनमा बसेर साईवर अपराध गर्न थालेको भन्न्ो संकाका आधारमा उनिहरुलाई पक्राउ गरि म्याद थप गरि अनुसन्धान भईरहेको चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले बताउनु भयो । बिगत केहि महिना देखि करिव ३०० बढि को संख्यामा चिनियाहरु चितवनको भरतपुर वसपार्क क्षेत्रका घरहरुमा स्वभाबिक भन्दा अत्याधिक बढि भाडा तिरेर दर्जन बढि घरमा भाडामा बस्दै आएका थिए । उनिहरुले भरतपुरकै एक पाटि प्यालेस समेत भाडामा लिएर त्यही बाट आफना कामहरु गर्दै आएको स्थानियहरुले बताए । ३० हजार भाडामा गएको घरलाई उनिहरुले २ लाख सम्म तिर्ने गरी सम्झौता गरी बसेको र त्यहा उनिहरु ईन्टरनेट र ल्याप्टपका माध्यमबाट कामहरु गर्ने गरेको स्थानियहरु बताउँछन् । स्थानियहरुका अनुसार एक जनाले १ भन्दा धेरै ल्याप्टप प्रयोग गरी काम गर्ने गरेका थिए ।
चिनियाहरुले रातदिन घर भित्रै बसि ल्यापटपमा काम गर्ने र बिभिन्न किसिमका संकास्पद गतिबिधि समेत गर्न थालेपछि स्थानियहरुले प्रशासनमा समेत खबर गरेको बताए । स्थानियहरुका अनुसार असोज महिनादेखि चिनियाहरु यहा बस्दै आएका हुन् । दशै पछि चितवन प्रहरीले केहि दिन चिनियाहरु बसेको स्थानमा भ्यान पठाउन थालेपछि सयौको संख्यामा चिनियाहरु रातारात आफना उपकरण सहित भागेको स्थानियहरुले बताए ।
पछि फेरी त्यहा रहेका १०० भन्दा बढि चिनियाहरुले त्यस्तै गतिबिधि जारी राखेको र केहि दिन अगाढी काठमाण्डौबाट सयौको संख्यमा चिनियाहरु पक्राउ परेपछि भने चितवन प्रहरीले उनिहरुलाई पनि यहाबाट भगाएको स्थानिय बासिन्दाहरु बताउछन् ।
यता चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले चिनियाहरुले संकास्पद गतिबिधि गरेको भन्ने आफुकोमा सुचनाहरु आउना साथ आफुले उनिहरुलाई त्यहा बाट लखेटेको बताउनु भयो ।
उनिहरु आफना उपकरण सहित ३ हप्ता अगाढी यहा आएको आफुले जानकारी पाएको बताउदै प्रहरी प्रमुख मल्लले उनिहरुले यहा साईबर अपराध गर्ने योजना बनाएको सोही अनुरुपका गतिबिधि गरेको भन्ने सुचना आफुलाई आएपछि आफु त्यहा पुगि उनिहरुको डकुमेन्ट र भिषा मागेपछि उनिहरुले चितवनमा काम गर्न पाउने कागजात देखाउन नसकेपछि यहाबाट भागिहाल भनि आफुले पठाएको बताउनु भयो । उनिहरुले यहा आफना उपकरण फिट गरेर नसक्दै आफुले थाहा पाई उनिहरुलाई लखेटेको उहा बताउनु हुन्छ । तर स्थानियले भने चिनियाहरु असोज देखी यहा बस्न थालेको र आफना गतिबिधि सोही बेला देखिनै गरेको बताउछन् ।
प्रहरी प्रमुख मल्लका अनुसार उनिहरुले काठमाण्डौमा काम गर्ने गरि अनुमति लिएका तर टुरिष्ट भिषामा आएका थिए । उनिहरु यहाबाट भागेपछि आफुहरुले उनिहरु बसेको घर तथा पाटि प्यालेसमा सिल गरेको र थप अनुसन्धान भईरहेको मल्लले बताउनु भयो । अहिले प्रहरीले यस अघि चिनिया बसेका आधा दर्जन बढि स्थानियका घरहरुमा शिल गरेको छ । स्थानिय बासिन्दाहरुले भने राजनितिक संरक्षणमा चिनियाहरु यहा बसेको र उनिहरुलाई ठुलै संरक्षण रहेको दाबी गर्छन् ।
तपाइँको प्रतिक्रिया