चितवनमा आज पाँच कोरोना संक्रमितको मृत्यु, ४८ संक्रमित थपिए

गैँडाकोट, २९ जेठ ।
पछिल्लो २४ घण्टामा चितवनमा ४८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरमा ३१ जना, खैरहनीमा २ जना, माडीमा १० जना, रत्ननगरमा २ जना, राप्तीमा १ जना र कालिकामा २ जना रहेका छन् । होम आइसोलेसमा १ हजार ५ सय २२ जना, अस्पतालको आइसोलेसनमा १ सय ४३ जना र सार्वजनिक आइसोलेसन केन्द्रमा ३५ जना रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा कोरोना संक्रमणको कारणले ज्यान गुमाउनेको संख्या २४२ पुगेको छ । संक्रिय कोरोना संक्रमितको संख्या १७ सय रहेको छ ।
यसैविच चितवनका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार मृतकहरु मध्ये भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा २ जना र पुरानो मेडिकल कलेजमा १ जना रहेका छन् । मृत्यु हुने ३ जना चितवनका छन् भने २ जना बाहिरी जिल्लाका रहेका छन् । आज शनिबार विभिन्न अस्पतालमा २४ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।
तपाइँको प्रतिक्रिया