चितवनमा आज ४८ संक्रमित थपिए

चितवन, २ असार ।
पछिल्लो २४ घण्टामा चितवनमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरपालिकामा २७ जना, खैरहनीमा ७ जना, माडीमा १ जना, रत्ननगरमा ७ जना, राप्तीमा ५ जना र कालिका नगरपालिकामा १ जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ४२९ पुगेको छ ।
चितवनमा बुधवार ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार मृतक तीन जना मध्ये दुई जना चितवनका र एक जना चितवन बाहिरका हुन् । भरतपुर अस्पतालमा २ जना र बाहिरका १ जना रहेका छन् ।
त्यस्तै चितवनका अस्पतालहरुमा २५० कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको छ विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ३५ जना बिरामी डिस्चार्ज भएका छन् । आजसम्म चितवनमा कोरोना संक्रमणका कारणले २५२ जनाको मृत्यु भएको छ भने जम्मा संक्रमितको संख्या १५ हजार १३१ पुगेको छ ।
ख
तपाइँको प्रतिक्रिया