चितवनमा कार्तिक २७ गतेबाट राष्ट्रव्यापी पौडी प्रतियोगिता हुँदै

चितवन, २३ कार्तिक ।
चितवनमा राष्ट्रव्यापी विद्यालय स्तरीय उमेर समुह पौडी प्रतियोगिता हुने भएको छ ।
भरतपुर महानगर– १३ मा रहेको लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिसोर्ट (एलटिके हवेली) ले यही कार्तिक २७ र २८ गते प्रतियोगिता गर्न लागेको हो ।
एलटिकेको प्राङ्गणमा रहेको स्वीमिङ पुलमा प्रतियोगिता आयोजना गरिने आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया