चितवनमा कोरोना संक्रमण दर घट्यो,आज १०६ जनामा संक्रमण, एकै दिन १३ को मृत्यु ।

चितवन, ११ जेठ ।
विगत तीन दिनदेखि चितवनमा कोरोना संक्रमण दर घटेको छ । एकै दिन ३०० को हाराहारीमा संक्रमण दर बढिरहेको चितवनमा तीन दिनदेखि संक्रमण दर आज १ सय ६ जनामा मात्र संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार आइतबार ५१ जनालाई कोरोना संक्रमण देखिएको थियो भने सोमबार १८९ र आज थप १०६ जनामा संक्रमण देखिएको छ ।
विगत २४ घण्टामा भरतपुरका ७०, खैरहनीका २, माडीका ४, रत्ननगरका ७, राप्तीका ५ र कालिकाका १४ जना रहेका छन् । यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार ८ सय ३४ पुगेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा १६२ जना र होम आइसोलेसनमा चार हजार ६५८ जना रहेका छन् । चितवनमा अहिलेसम्म कोरोना संक्रमणबाट २०६ जनाले ज्यान गुमाएका छन् ।
यसैबिच
विगत २४ घण्टामा चितवनमा कोरोना संक्रमणबाट १३ को मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा ४ जना, चितवन मेडिकल कलेजमा ४ जना, पुरानो मेडिकल कलेजमा ३ जना र अन्य आइसोलेसन केन्द्रमा २ जनाको मृत्यु भएको छ ।
त्यसैगरी चितवनका विभिन्न अस्पतालको आईसीयूमा २०४ जना, भेन्टिलेटरमा ५३ जना, एचडीयूमा ६३ जना, जेनरल बेडमा १६३ जना गरी जम्मा ४३१ जना बिरामी अस्पतालमा उपचार भैरहेको छ । त्यसैगरी विभिन्न अस्पतालबाट विगत २४ घण्टामा ५५ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया