चितवनमा खुकुलो बनाईयो निषेधाज्ञा, बैंक नियमित संचालन हुने,के खुल्ने–के नखुल्ने ?

चितवन, २६ जेठ ।
चितवनमा निषेधाज्ञा केहि खुकुलो बनाईएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज निषेधाज्ञामा केही खुकुलो बनाउँदै अवधि असार ३ गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज (बुधबार) आदेश जारी गर्दै निषेधाज्ञा केही खुकुलो बनाएको हो ।
यसअघि निषेधाज्ञाको बेला बैंकिङ तथा वित्तिय संस्थाहरु साताको तीन दिन मात्रै खुल्ने गरेकोमा भोलि (बिहीबार)देखि नियमित रुपमा संचालन हुने भएको छ । न्यूनतम कर्मचारी खटाई जनस्वास्थ्यका मापदण्डका अनिवार्य रुपमा पालना गराई नियमित रुपमा बैंकिङ तथा वित्तिय संस्थाहरु खोल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनु भयो । यसअघि आइतबार, मंगलबार र बिहीबार मात्रै विहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंक खोल्न दिईएको थियो ।
यसैगरि अन्य समयमा पूर्ण रुपमा बन्द गरिएको पुस्तक पसलहरु पूर्ण रुपमा खुल्ने छन् ।
खाद्यान्न, तरकारी, फलफुल, माछारमासु, दूध डेरी लगायतका अत्यावश्यक सामग्री विक्री गर्ने पसलहरु दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुन पाउने छन् ।
यस्तै रासायनिक मल तथा कृषि बिउ बिजन विक्री वितरण गर्ने पसलहरु दैनिक रुपमा खोल्न दिने निर्णय
त्यसैगरि बढीमा ३ जना कामदार रहने गरी सवारी साधनको मर्मत गर्ने वर्कशप संचालन गर्न दिने निर्णय
तपाइँको प्रतिक्रिया