चितवनमा डेंगोका कारण एक जनाको मृत्यु

चितवन,असार १४ ,चितवनमा
का कारण एक जनाको ज्यान गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार उपचारका क्रममा ६० वर्षीय पुरुषको चितवन मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो । कार्यालयमा आयोजित जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा वैशाख २३ गते अस्पतालमा भर्ना भएका ती पुरुषको २६ गते ज्यान गएको थियो । डेंगे पहिचान भइसकेपछि उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वाथ्य अधिकृत नरहरि शर्मा चापागाईंलेका अनुसार श्रावणदेखि बैशाखसम्म ८५ जनामा संक्रमण देखिएको अस्पतालको तथ्याङ्कले देखाएको वताउदै चालु आर्थिक वर्षमा १ हजार ८६ जनाको रगत परीक्षण गरेकोमध्ये ८५ जनामा डेंगे संक्रमण देखा परेको थियो । जसमध्ये रगत परीक्षण गर्दा सबैभन्दा बढी डेंगे संक्रमण भेटिएकोमा चितवन मेडिकल कलेज रहेको वताइएको छ । चितवन मेडिकल कलेजमा ४९ जना, भरतपुर अस्पतालमा २८ जना, कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा ७ र भरतपुर सामुदायिक अस्पतालमा १ जनाको रगत परीक्षणका क्रममा डेंगे संक्रमण फेला परेको थियो । चितवनमा आर्थिक वर्ष २०६७÷६८ मा ३ हजार २ सय ९८ जनाको रगत परीक्षण गर्दा ७ सय ३९ जनामा पोजेटिभ देखा परेको थियो भने ५ जनाको ज्यान गएको थियो । यस्तै २०६८÷६९ मा १ हजार १ सय ७४ जनाको रगत परीक्षण गर्दा ६८ जनामा संक्रमण फेला परेको थियो भने डेंगेका कारण एक जनाको ज्यान गएको थियो । २०६९÷७० मा ९ सय ४६ जनाको रगत परीक्षण गरेकोमा ५२ जनामा संक्रमण भएको पाइएको थियो । २०७०÷७१ मा १ हजार ७८ जनाको रगत परीक्षण गरेकोमा १ सय १९ जनामा संक्रमण पाइएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसुदन कोइरालाले जिल्लामा लार्भा खोज र नष्ट गर’ अभियान फेरि चलाइने बताउनुभयो । डेंगेका लार्भा नष्ट गर्दै समुदायलाई सचेत बनाउने अभियान फेरि सुरु हुँने उहाले वताउनुभयो । कोइरालाले असार १६ देखि १८ गतेसम्म जोखिमयुक्त क्षेत्रमा यो अभियान चल्ने जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया