चितवनमा थपिए ३९ संक्रमित, देशभर ३४ जनाको मृत्यु

चितवनमा पछिल्लो २४ घण्टामा ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वासथ्य कार्यालय चितवनका अनुसार यससँगै चितवनका सक्रिय संक्रमितको संख्या १ हजार १४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४९ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । अस्पतालबाट डिस्चार्ज हुनेमा २४ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा चितवनमा जिल्ला बाहिरका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट र तनहुँका एकएक जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।
तपाइँको प्रतिक्रिया