चितवनमा निषेधाज्ञा थप, जेठ २० सम्म लम्बियो

चितवन,जेठ १२ ।
चितवनमा निषेधाज्ञा थप गरिएको छ । जेठ २० सम्म निषेधाज्ञा थप भएको हो । कोभिड–१९ संक्रमण दर केही घटेपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।यस अघि वैशाख १६ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरिएको थियो । थप गरिएको निषेधाज्ञाको समय भोली राति १२ बजेबाट सकिँदै छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठक आज बसेको र त्यसको सिफारिस अनुसार नै निषेधाज्ञाको समय थप गरिएको बताउनुभयो । कोभिड–१९ संक्रमण दर केही घटेपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थपिएको जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया